झापामा राहदानी लिने टिनएजर्स बढी


कनकाई अनलाईन
राहदानीको सिफारिस लिन जिल्ला प्रशासन कार्यालय झापामा आउने अधिकांश युवा युवती अष्ट्रेलिया जाने लक्ष्य लिएर आउने गरेको पाइएको छ ।
पढाइको बाहनामा सुविधा सम्पन्न देश पस्न चाहने अधिकाम्स युवा पुस्ता सेवाग्राही बनेर जिल्ला प्रशासनमा राहदानीको सिफारिस लिन आँउदा अष्ट्रेलिया अध्ययन भन्ने गरेका छन् ।
चालु आर्थिक वर्षको साउन अन्तिम सातासम्म दु्रत सेवामा मात्र १५० जनाले सिफारिस लगिसकेको कार्यालयले जनाएको छ । दु्रतसेवा सिफारिस लिएर काठमाण्डौबाट राहदानी बनाई अध्ययनसँगै काम गर्न जाने उनीहरूको भनाइ छ । राहदानी बनाउनेमा +२ मा अध्ययन पूरा गरेका विद्यार्थी बढी रहेको प्रशासकीय प्रमुख चुडाराज भट्टराइले बताउनुभयो । पहिले पहिले रोजगारीका लागि उमेर खाएका नागरिकले राहदानी बनाउने गरेका थिए , पछिल्लो समयमा कम उमेरकै त् युवा युवतीमा सरेको उहाले बताउनुभयो । सेवाग्राहीलाई हेर्ने वित्तिकै अष्ट्रेलिया कै लागि राहदानी बनाउन आएको प्रमाणित भएको छ । सिफारिस लिन परिवारको साथ लागेर आएका प्रायः विद्यार्थी रहेको भट्टराइको भनाई छ । अष्ट्रिेलियमा चिकित्सा अध्ययनको लागि प्रभावकारी भएकोले त्यसतर्फ विद्यार्थीको आकर्षण बढेर गएको हुन सक्ने उहाले बताउनुभयो ।

हरेक दिन खाडी मुलुक वा वैदेशिक रोजगारीमा जान्छु भन्नेको सङ्ख्या कम पाइएको छ । गतवर्ष भन्दा चालु आ.व को शुरुमा नै अष्ट्रेलिया जान्छु भन्नेको मोह बढेको पाइएको छ ।
युवती स्टाफ नर्स र यूवा अध्ययन गर्दै जागिर खाने उद्देश्यले जान लागेको बताउने गरेका छन् । परिवारसँगै आएकाले कतीपयले भने कुनै प्रतिक्रिया दिन चाहँदैनन् । पछिल्लो समय अष्ट्रिेलिया जानेको ‘फेसन’को रूपमा बढेर आएको स्थानीय बताउने गर्छन् । छिमेकी, आफन्त गएको देखेपछि रहर जागेर आउँदा विदेशिने युवा युवती बढ्न थालेका छन् । बाहिरी आकर्षणले मात्र हुदैन भित्री कती कमाइ हुन्छ भन्ने यथार्थ अहिले सम्म नपाइए पनि लहरमा होडबाजीका रूपमा अष्ट्रेलिया मोह आकाशिँदो छ । साथीहरू अष्ट्रेलिया जान लागेको थाहा पाएर आफू पनि राहदानी लिन आएको बताउने गौरीगञ्जका रिदम शर्मा अहिले काम र दामका लागि अष्ट्रेलिया युवाको पहिलो रोजाइ रहेको बताउँछन् । अहिले पढ्दै गरेकोले पछि अष्ट्रिेलिया गएर खर्चको जोहो गर्दै अध्ययन गर्ने उनको भनाइ छ । नागरिकता बनाइरहेको समयमा पनि विदेश मोहका अभिभावकबाट राहदानीको फारम पनि दर्ता गराइरहेको पाइने गरेको छ ।
त्यसैगरी अध्ययनसगै कमाइ गर्ने उद्देश्यले अष्ट्रिेलियाको लागि राहदानीको फारम दर्ता गरेको अनुप गुराँगाई बताउँछन् । नेपालमा बसेर खासै कमाइ नहुने भएकोले बाहिर जान लागेको उनको भनाइ छ । राहदानीको लागि द्रुत सेवाको सिफारिसको चाप उल्लेखीय रहेको द्रुतसेवा फाँटका कर्मचारीको भनाइ छ । यसरी सिफारिस लिन आउनेमा अधिकांश १८ देखि २२ वर्षका विद्यार्थी रहेको तथ्यले देखाएको छ ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू