कनकाई अनलाईन ।
झापाको कनकाई नगरपालिकाको कार्यालयमा नेकपा माओवादी विप्लप कार्याकर्ताले बम विष्फोट गराएका छन ।
हिजो राती ९ बजे विप्लप कार्याकर्ताले नगरपालिकाको पछिल्लो भागमा बम विप्फोट गराएका हुन । आजको विप्लप माओवादीको नेपाल बन्दलाई लक्ष्क्षित गरि सरकारी कार्यालयमा विप्लप कार्याकर्ताले निसानी बनाउने आशंकामा कनकाई नगरपालिकालाई कडा सुरुक्षा प्रबन्ध गरिएको थियो । नगरपालिका भवनको सुरक्षामा लागि प्रहरी र नगरसुरक्षा गार्डले समेत कडा सुरक्षा दिइरहेकै बेला नगरपालिका भवनको पछिल्लो भागबाट कडा आवाजसहितको बम फ्याकेर विप्लप कार्याकर्ताहरु मोटरसाइकलमा भागेको प्रत्यक्षदर्शीले बताए ।
बम प्रहारबाट कुनैपनि भौतिक क्षति नभएपनि कडा आवाजको बमको आवाजले स्थानीयवाशी रातभर त्रसित बनेका थिए । नगरपालिकामा भएको विष्फोटको आवाज ३ किलोमिटर वर रहेको सुरुङ्गा बजार सम्ममा सुनिएको थियो । यता विप्लप कार्याकर्ताले गौरादह नगरपालिकाको वार्डनम्बर ७ को वार्डकार्यालय र नेपाल पत्रकार महासंघ झापाको भवन नजिक्कै समेत बम विष्फोट गराएका छन । गौराहद नगरपालिकाको वार्डकार्यालयमा भएको विष्फोटबाट कायालयको झ्याल फुटेको छ ।
Trending
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल
- शिवसताक्षीा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
- प्रदेश स्तरिय भेट्रान कप बिर्तामोडलाई