रुदै पानी पिए प्रकाशचन्द्र पौड्याल , मेचीकाली पैदल यात्री शिक्षक लालपानी मावि शिवगंज


झापा शिवसताक्षी नगरपालिकाका लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौड्याल (५१) ले हालैमात्र मेचीकाली पैदलयात्रा सम्पन्न गर्नुभएको छ । असार २३ देखि मेचीपुलबाट सुरु गरिएको यात्रा साउन १९ गते सक्नुभयो । कर्मयोगि शिक्षकहरुको पहिचान एकता अधिकार र सम्मान भन्ने नारा लिएर यात्रा पुरा गरी झापा शिवगंज घरमा आइपुग्नुभएका शिक्षकसग कनकाई साप्ताहिकका र अनलाईका लागि सम्पादक लीलाराज झापालीले यात्राका आरोहअवरोहका वारेमा गरिएको कुराकानी ।
१) शैक्षिक जागरण लागि तपाइले मेची महाकालीको पैदल यात्रानै किन रोज्नुभयो हिड्नुभयो ?
पैदल यात्रा मैले ३० बर्षको शैक्षिक कालमा शिक्षक भएर एउटा नयाँ काम केहि गर्यौ भनेर सोचे विकल्पमा अरु कामहरु पनि सोचेको थिए । तर यो समय र खर्च समेतको अभावका कारण पनि मैले पैदलयात्रा निस्किएको हु । शैक्षिक अवस्था अवलोकनका लागि यो भन्दा राम्रो अरु उपाया मलाई फुरेन र पैदल यात्रामा निस्किए ।
२) यात्राको सुरुवात चाहि कसरी गर्नुभयो ?

मैले यात्राका लागि पहिले नजिकका साथीभाइसग छलफल गरे दैनिक १० किलोमिटरसम्म हिडेर अभ्यास गरे अनि यात्रा तय गर्नुअघि यस क्षेत्रका पत्रकारहरुसग सम्मेलन गरेर यात्रा तय गरेको हु । यस यात्राका लागि शिक्षक महासंघसग कुरा राखेपछि चाहि लगभग यात्राको लागि सजिलो भएको थियो । महासंघकै आफुपनि मानिस भएकाले सबै सहकार्य र समन्वय शिक्षक महासंघसग गरेको हु । मेची नगर शिक्षक महासंघ र झापा जिल्ला शिक्षक महासंघले महत्वपुर्ण सहयोग सुरुवाती समयमा गरेको पनि थियो ।

३) शिक्षकहरुको मर्यादा सेवा सुविधा लगायात तमाम शैक्षिक मागहरुलाई लिएर तपाई मेचीकाली यात्रामा निस्कनुभयो । तपाईले यात्रा थाल्दा पहिले सोचेको देशको अवस्था र यात्रा सकिएपछि तपाइले देखेको देशको शैक्षिक वातावरण कस्तो पाउनुभयो ?
मैले यात्रा तय गर्नुभन्दा पहिले जुन शैक्षिक चित्र बनाएर यात्रामा निस्किएको थिए । वास्तमा आधा नेपालमा केहि हदसम्म मेल खाएपनि रुपन्देहिभन्दा पश्चिममा विद्यालयको अवस्था ज्यादै कमजोर पाए । केहि विद्यालय राम्रै पनि छन तर त्यस जिल्ला र ठाउँहरुमा समेत नमुना घोषणा गरिएका विद्यालयको अवस्था हेर्दा ज्यादै विकराल अवस्थामा देखिन्छन । भौतिक र शैक्षिक अवस्था कारुणिक अवस्थामा रहेछ । कतिपय कक्षाहरुमा मैले पढाउदै पनि हिड्ए झापाका गाउँमा रहेका मर्च हुन लागेका विद्यालय जस्तो त त्यहाको नमुना विद्यालयको हालत रहेछ । गाउँ गाउँमा रहेका विद्यालयमा त अवस्था बर्णनगरि साध्य छैन । स्कुल स्कुलको रुपमा र विद्यार्थी विद्यार्थीको रुपमा छैनन । भाषिक कठिनाई समेत मैले यस क्षेत्रमा पाए ।

कतिसम्म भने शिक्षक भएर पनि आफु शिक्षक भन्न पनि नरुचाउने , शिक्षकलाई नै सहयोग गर्न पनि नरुचाउने अवस्था पश्चिमका बिद्यालयहरुमा पाए । मैले शिक्षक पैदल यात्रामा आएको भन्नासाथ यसले सहयोग पो मागिहाल्लाकि भनेर शिक्षकलाई सहयोग गर्नुको साटो उल्टै म शिक्षक होइन भन्दै भाग्ने शिक्षक पनि मैले यात्रामा पाए । जवकि शिक्षककै नारा बोकेर कोहि शिक्षक आउदैछ भनेर अगुवा शिक्षकले बोलाउदा पनि उ म भ्याउदिन भनेर पन्सिने गरेको पाए । यो सव हुनमा चेतनाकै अभाव रहेको मैले महसुस गरेको छु । सर्वसाधरण व्याक्तिको जस्तो स्वाभाव शिक्षकहरुमा मैले पाए । यस क्षेत्रमा धेरै राम्रा राम्रा स्कुलहरु सङ्ख्यात्म मात्रै छन गुणात्मक छैनन । झापामा ७० प्रतिसतसम्मका स्कुलहरु राम्रै अवस्थामा चलिरहेका छन भने पश्चिमका ती जिल्लामा ज्यादै नगन्यमात्रमा सामुदायिक विद्यालयहरुको अवस्था राम्रो मै ले पाए । केहि विद्यालयहरुलाई छाडेर यस क्षेत्रका प्राय सबै विद्यालयहरुको अवस्था नाजुक छ । बुटबलमा केहि राम्रा स्कुल पाए नत्रभने हाम्रो लालपानी मदरगाछमा रहेका स्कुलहरु त त्यहाका टप स्कुलहरुको समेत अवस्था मैले पाइन ।

४) अहिलेत विद्यालय संचालन अनुगमन जस्ता अधिकारपनि पालिकाहरुमै गएको छ , सुझाव के छ तपाईको ती विद्यालयहरुको सुधारका लागि ?
यहाँ अझैपनि शिक्षकका नेताहरुले विद्यालय सुधारका लागि डेनमार्ग र नर्बेका उदाहरण दिन्छन यहाँ , त्यस देशमा सरकारी विद्यालयहरु र निजी विद्यालयहरुको पढाई र पाठ्य पुस्तकहरु एक्कै लेवलमा रहेका छन । यस क्षेत्रमा विदेशको नक्कलको भाषण गरेर मात्रै हुदैन । यस क्षेत्रमा विद्यालयको अवस्था के छ त्यो सहि तरिकाले अध्यान अनुसन्धान हुनु जरुरी छ । अविभावकहरुले पनि आफ्ना नानीहरुको सहि हेरचाह गर्नु पर्दछ सामुदायिक विद्यालयप्रति अविभावकको विश्वासको वातावरण हुनु पर्छ । शिक्षक पनि मर्यादित भएर आफ्नो कर्तव्यमा लाग्नु पर्दछ । स्कुल बन्नका लागि पहिलो कुरा सरकारले सच्चिनु जरुरी छ । विदेशको शैक्षिक गतिविधिमात्रै हेरेर यहाँ आएर लागुगर्न खोज्नु भएन त्यसका लागि आवश्यक तयारी पनि गर्नुपर्छ ।

मैले चितवनमा भएको छलफल अन्र्तक्रियामा समेत भनेको थिए त्यहा कुरा उठेको थियो । पहिले १९ प्रतिशत रकम लगानी शिक्षामा गरिन्थ्यो भने अहिले यो लगानी घटेर ८ प्रतिशतमा झरेको छ । अर्को कुरा मैले यात्राका क्रममा पनि पाएको कुरा के पनि हो भने सपाङ्ग शिक्षक भन्दा अपाङ्गता भएका शिक्षकहरु पढाउनेकुरा लगायातमा इमान्दार देखिए सपाङ्ग शिक्षकहरु शिक्षणका अलवा अन्य पेशा व्यावसायमा पनि लागेको पाइयो । जसकारण अपाङ्गता भएका शिक्षकहरुबाट झन वढी फाइदा विद्यार्थीलाई भएको पाइयो । सरकारले समेत यसप्रकारका शिक्षकहरुका लागि विशेष व्यावस्थापन गर्नुपर्ने देखियो ।

५) अहिले देशमा चर्को बहस आएको छ । शिक्षा र स्वास्थ्यमा राज्यले सरकारीकरण गर्नु पर्छ निजिकरणले देशमा विकृति बढ्यो भन्ने कुरा चर्को आको छ , तपाई देश दौडाहमा निस्कनुभएको छ । के देख्नुहुन्छ यी सव सम्भव होला ?
यो सस्तो नारा मात्रै हो यो मैले सम्भव देखेको छैन । हाम्रो पुर्वाधारहरुनै कमजोर छ । शिक्षक स्वायममा चेतना छैन , अविभावकलाई वास्ता छैन भने यी सव कुरा कसरी सम्भव हुन्छ ।
६) यो एक महिनाको यात्रा कसरी वित्यो कसरी सम्पन्न गर्नुभयो ?
मैले काकडभिट्टाबाट यहि असार २३ गतेबाट करिव ११ बजेदेखि मेरो यात्रा सुरु भएको थियो । मेरो यात्रा भनेको सबै विद्यार्थी , शिक्षक र अविभावकहरुको यात्रा र अभियान थियो । मेरो व्याक्तिगत कारण र फाइदा केहिपनि थिएन । यात्राका क्रममा विभिन्न ठाउँमा अविभावकहरु , बुद्धिजिविहरु , शिक्षकहरुसग छलफल अन्र्तक्रिया गरेको छु । उहाँहरुका समस्या उपलब्धी सबै मैले टिपोट गरेको छु । यसलाई आधार बनाएर यात्रा स्मरण पुस्तक निकाल्दै छु । यसका लागि मैले पुग्न नसकेका ठाउँका लागि पुन मोटरसाइकल यात्रा गर्ने योजना बनाउदै छु । कतिपय विद्यालय म गएको वेला बर्खाको छुट्टिका कारण बन्द थिए ती विद्यालयमा म पुन पुग्ने योजनामा छु ।
७) यात्राका क्रममा कुनै तितामिठा घटनापनि त भए होलान नी यो महिना दिनको समयमा ?
अ यात्राकै दौरानमा पतलौयाको जंगलमा एकजना मानिसले मलाई यहाँ त निक्कै कष्ठहुन्छ । आउनुहोस म अलि परसम्म अगिदिन्छु भनेर बहुत ढिप्पी गर्नुभयो तर मैले मानिन । मैले यसो गरेभने मलाई पुर्वीद्धारमा विदा गर्ने ती शिक्षक मेरा स्थानीय साथी झापाली शिक्षक सहयोगीमनहरुप्रति बेइमान गरेको ठर्हछ भनेर मानिन अनि लास्टमा उहाँले म पत्रकार हु तपाइको मन चोर्न खोजेको म तपाइलाई हिजैबाट फ्लो गर्दै थिए भनेर प्रेस कार्ड देखाउनुभयो मैले पनि यात्रा थाल्नु पहिले सुरुङ्गामा पत्रकार सम्मेलन गरेर हिडेको बताए । मलाई कनकाई नगरका दर्जन पत्रकारको साथ र सहयोग छ भनेर यात्रा अघि छापिएको पत्रिका देखाए अनि उहाँले केहि कुरा टिपेर समाचारनै बनाउनुभयो । यस्तै गरि म हिडिरहेको वेला एउटा हात्तीको वच्चाले मलाई पिछ गर्यो । मान्छेको पिच्छा गरेपछि माउ पनि बच्चा खोज्दै आउछ रे बल्ल सशस्त्रका केहि भाइहरुले त्यस वच्चालाई छेकिदिनुभयो र म ठुलो दुर्घटनाबाट बचे । अर्को लालबन्दी कटेपछि एउटा जंगल छ त्यस जंगलमा मैले बोकेको पानी सबै सकियो अनि मैले एउटा ट्रक रोके म यसरी यात्रामा निस्किएको पानी पिउन पाउ भने तर विचरा ती ड्राइभरको पानी मिसिन माथि राखेको कारण तातो भएको रहेछ । २ घुड्कीमात्रै खाए । फेरि अर्को सानो गाडीलाई रोकेर मेरो यात्राको वारेमा भनेको थिए । उहँहरुसग भएको अलिकता पानी मलाई दिनुभयो । पुन आधाघण्टामा मलाई पुन फ्लो गर्दै आउनुभएछ । उहाँहरु जंगलकटेर बजारमा गएर मोवाईलको ब्याट्री , ५ बोतल जति चिसो पानी , कोक र फलफुल किनेर मलाई दिनुभयो । यी सामान पुर्याउन उहाँहरु पुन फर्किएर आउनुभएछ ।

यहाँहरुमध्ये एक भाइले मलाई यस अवस्थामा ल्याउनका लागि पनि शिक्षककै हात रहेको छ । तपाई मेरो बाबुपछिको गुरुबाउ हो यी सब लिनुहोस भन्दै यी सामान र नगद ३०० पनि दिनुभयो । मैले नगद लिन मानिन तर नलिइ भएन अनि तिर्खा र भोकले ढुङ्गा खाउ कि माटो खाउ भएको वेला यतिका सामान र पानी पाउदा मैले रुदै ति सामाान लिए यतिसम्मकी उहाँहरुले दिएका सबै खानेकुरा र पानी खादा समेत मेरो आखाबाट खुसीका आसु झरिरह्यो ।
८) मेचीकालीको यात्रा त सक्नुभयो अवको योजना के छ ?
मैले यात्रालाई समेटेर एउटा पुस्तक प्रकाशन गर्ने सोच छ । जुन राज्य र हाम्रो शिक्षक महासंघका लागि पनि सम्पतिको रुपमा रहने मेचीमहाकाली यात्रावारेको पुस्तक प्रकाशन गर्दै छु । त्यसका लागि फेरि रि यात्रा जुन मोटरसाइकलबाट गर्दै छु । त्यसपछि म हिमाली र पहाडि जिल्लाका बेसक्याम्पहरुको पैदल यात्राको तयारीमा समेत जुट्दै छु । यो अलिक बढी खर्चिलो पनि छ समयपनि ज्यादा लाग्ने हुदा तयारी गर्दै छु ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू