तेस्रो सामुदायिक वन दिवसमा कनकाईका उत्कृष्ट विद्यार्थी सम्मानित


कनकाई अनलाईन
तेस्रो सामुदायिक वन दिवशको अवशरमा कनकाई नगर क्षेत्र भित्रका उत्कृष्ट विद्यार्थी नगद सहित सम्मानित भएका छन ।
कनकाई नगरपालिका क्षेत्रभित्रका ३ सामुदायिक वनहरु जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र , सुकेडागी सामुदायिक वन र प्रजापति सामुदायिक वन उपभोक्ता समुहको सयुक्त आयोजनामा सरस्वती मावि जामुनवारीमा आयोजित कार्यक्रममा सो क्षेत्रका प्रत्येक विद्यालयमा अध्यानरत् विद्यार्थीका प्रथम विद्यार्थीलाई नगद सहित सम्मानित गरिएको थियो । यस बर्षको सामुदायिक वनको नारा सामुदायिक वनको पहिचान संविधानमा समृद्धिको अभियान रहेको थियो ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेल लगायातका अथितिले विद्यार्थीलाई नगद सहितको पुरस्कार प्रदान गर्नुभएको थियो । सरस्वती माविका भुतपुर्व विद्यार्थी समेत रहनुभएका नगरप्रमुख पोखरेलले सामुदायिक वन र यसको गरिमा इतिहासका वारेमा विद्यार्थीलाई बुझ्न मद्धत मिलेको बताउदै आगामी दिनमा समेत सामुदायिक वन सम्बन्धि सचेतना फैलाउने कार्यक्रमका लागि वन सम्बन्धि वक्तृत्वकला कार्यक्रमका लागि कार्यक्रम गरि नगद पुरस्कारको समेत व्यावस्थापन नगरपालिकाले गर्ने घोषणा गर्नुभयो ।

जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष खेम सिटौलाको सभापतित्व तथा सचिव मनिता राईको संचालनमा भएको कार्यक्रममा प्रजापति सामुदायिक वन समुहका अध्यक्ष सुर्य थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक वन जिल्ला महासंघका संस्थापक अध्यक्ष केदार गिरी , जानकी प्राविका शिक्षक कैलास बराल , वार्ड नम्बर २ का बार्ड सदस्य वलराम राई , सुकेडाँगी सामुदायिक वन समुहका अध्यक्ष भक्त बहादुर पौडेल , सामुदायिक वन दहिझोडा रेपोका अध्यक्ष दधिराम पोखरेल , लगायातले सामुदायिक वनको महत्व र आवश्यकताको वारेमा बोल्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू