कनकाई साप्ताहिक ख बर्गमा


कनकाई अनलाईन
देशभरका पत्रपत्रिकाको बर्गिकरण गर्ने प्रेस काउन्सिलको पत्रपत्रिका बर्गिकरणमा झापाको कनकाई नगरपालिकाबाट निस्कने एकमात्र पत्रिका कनकाई साप्ताहिक लगातार २ बर्ष ख बर्गमा परेको छ । आ।व। २०७२र७३ र २०७३र७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरिएसगै कनकाई साप्ताहिक आर्थिक बर्ष २०७२÷७३ र आर्थिक बर्ष २०७३÷७४ मा कनकाई साप्ताहिक ख बर्गमा परेको हो ।

स्थापनकै पहिलो बर्षमा ख मा परेको भन्दै लगातार मिहेन तगर्ने पत्रिकाका सम्पुर्ण कर्मचारी , ग्राहक मनानुभाव विज्ञापनदाता सबैमा पत्रिकाका सम्पादक प्रकाशन लीलाराज झापालीले बधाई शुभकामना दिनुभएको छ । यसैविच
नतिजा अनुसार आव २०७२र०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

त्यस्तै आव २०७३र७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश नभएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

उल्लेखित नतिजाउपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको जनाइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू