बनिनसक्दै भत्कियो झापाको पिच


कनकाई अनलाईन
हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड निर्माण सकिएको एकसातापनि नवित्दै भत्किएको छ ।
स्तरीय ढंगले निर्माण नभएकोको सडक निर्माणसकिनासाथ भत्किएको स्थानीयले गुनासो गरेका छन् ।

निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराएपछि सम्बन्धित ठेकेदारले तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेर आखामा छारो हालेको स्थानीयको गुनासो छ । ५ करोड ६५ लाखको लागतमा निर्माण गरेको गजुरमुखी र खनाल कन्ट्रशनले साढे ४ किलोमिटरको चारपाने नारायणचोक हुदै बुद्धशान्तिको जयपुर सम्मको सडक निर्माण गरेको थियो ।
सो सडकको उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरु स्थलगत अवलोकन समेत गरेका छन । निरिक्षणमा जादा सर्वसाधारणले सडक कमसल निर्माण गरिएको गुनासो गरेको मञ्चका अध्यक्ष धरणीधर पोखरेलले बताउनुभयो । सो टोलीले स्थलगत अवलोकनका क्रममा सो सडक खण्डको बुद्धशान्ति क्षेत्रको सडक अवलोकन गरेको थियो ।
अवलोकनको क्रममा सडकका केही ठाउँमा कमसल सामग्रीका कारण बाटो भत्किएको थियो । कमसल सामाग्री हालेर चाडो सडक निर्माण सक्नाले सडक भत्किएको स्थानीयवाशी गणेशप्रसाद निरौलाले बताउनुभयो । ‘सडक बनिसकेकै दिनदेखि विरोध आएपछि ठेकेदारले प्वाल परेको ठाउँमा टाल्न सुरु गरेको स्थानीय शकुन्तला भट्टराईले वताउनुभयो । देशकै नमुना सडक बनाउने भनेर दावी गरेपनि अहिले सडक बनिनसक्दै भत्किएको स्थानीय सिताराम गौतमले वताउनुभयो । अहिले सडकको अवस्था हेर्दा केही ठाउँको कालोपत्रे हातले सहजै निकाल्न सकिने उहाले वताउनुभयो । स्थानीयले पटकपटक स्तरीय सडक नबनेको बारे धेरै तिर कुरा उठाए पनि कसैले सुनुवाई नगरेको स्थानीयको गुनासो छ । सडकको स्तरीयताको बारे निर्माण कम्पनीलाई जानकारी गराउँदा देशकै नमुना सडक बन्ने बताउँदै एक वर्ष भित्र विग्रिए बनाइदिने बताउने गरेको जनाए ।
अवलोकनका लागि गएको टोलीले ठाउँठाउँमा सडक अवलोकन गर्दा आफूले प्रयोग गरेको मोटरसाइकल राखेको ठाउँमा मोटरसाइकलको स्टेनले समेत कालोपत्रे गरिएको सडक दबेको थियो । जसले सडकको अवस्था स्तरीय नभएको निक्यौल सो टोलीले लगाउँदै सम्बन्धित निकायमा लिखित जानकारी गराउने जनाएको छ । उपभोक्ता संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष सहित सचिव बेदनिधी न्यौपाने, सहसचिव तिर्थराज पौड्याल, कोषाध्यक्ष देवकुमारी शेर्मा, सदस्य खडानन्द वाग्ले, मनोरथ तिवारी, लक्ष्मी सुवेदी लगायतको टोलीले सो सडकबारे जनगुनासो बढे पछि स्थलगत अवलोकन गरेको थियो । झापाका विभिन्न सडकहरु निर्माण कार्य नसकिदै भत्किएको व्यापक जनगुनासो आएपछि जिल्लाका विभिन्न निर्माण भएका सड्कको गुणस्तर मापनका लागि गुणस्तर मापन प्रयोगशाला काठमाण्डौ सडकको नमुना पठाइएको छ ।
फोटो ः निरिक्षण टोलीलाई हातले सडक उक्काएर देखाउदै स्थानीयवाशी 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू