मन्जिल ढकाल ।
सुरुङ्गा , असार २३ गते । दक्षिणी झापाको रानी सामुदायिक वन समुहमा रहेको सिमसार पोखरीलाई प्रदेशनम्बर १ कै ठुलो सिमसार क्षेत्र बनाइने भएको छ ।
शनिवार झापा गाउँपालिकामा आयोजित वृहत्तर विकास सम्बन्धि कार्यक्रममा सामुदायिक वनलाई पर्यापर्यटकिय क्षेत्रका रुपमा अगाडि बढाइने जानकारी दिइएको हो ।
१०४ हेक्टर क्षेत्रमा फैलिएको सो सामुदायिक वनमा हालपनि १५ हेक्टर क्षेत्रमा सिमसारयुक्त पोखरी रहेको र पोखरीमा माछापालन गरिएको रानी सामुदायिक वन समुहका सचिव भवेन्द्र भण्डारीले बताउनुभयो । आयोजित कार्यक्रममा सो वन समुहमा लोपोन्मुख सन्थाल जातिको संस्कृति झल्कने कलाकृति र नाचगान प्रस्तुत गरिने तथा नेपालमै पहिलो संन्थाल होमस्टेको रुपमा विकासित गरिने भएको छ । झापा गाउँपालिका नेपालमै वढी सन्थाल बस्ती भएको गाउँपालिका समेत भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाकै एकमात्र सामुदायिक वनलाई काठदाउराभन्दापनि पर्यापर्यटकिय क्षेत्रका रुपमा विकसित गर्न पिकपिक स्पर्ट , भ्यु टावर , जडीबुटी खेती , चिडियाघर लगायातको क्षेत्रका रुपमा विकसित गदै लैजान गुरु योजना सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद एलपी साँबा लिम्बु , प्रदेशसभा सदस्य हिराकुमार थापाले यस क्षेत्रको प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन संरक्षण र पर्यटकिय क्षेत्रको रुपमा विकासित गर्न केन्द्र र प्रदेशसरकारले पहल गर्ने बताउनुभयो । कार्यक्रममा कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , लगायातले पर्यटकिय क्षेत्रका रुपमा अगाडि वढाउन उद्यमी व्यावसायीले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रम रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान