कनकाई अनलाईन
प्रथम वृक्षरोपण दिवशको अवशरमा यहाँस्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहमा अन्र्तक्रया कार्यक्र सहित विभिन्न प्रजातिका विरुवा रोपि आज मनाइएको छ ।
वृक्षरोपण दिवशको अवशरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा वन समुहका सल्लाहकार ख्याम मिश्र , यामनाथ सेढाँई , इलाका वन कार्यालयका कुमार कार्की ,पुर्व वन समुहका उपाध्यक्ष इन्द्रबहादुर थापा , पत्रकार महासंघका जिल्ला सदस्य लीलाराज झापाली , पत्रकार राम निरौला लगायातले यस क्षेत्रको वन संरक्षण र उपयोगका वारेमा वोल्नुभएको थियो । सहभागिले यस क्षेत्रमा माटो सुवाउदो वृक्षरोपण तथा वन चोरी तस्करी रोक्न सबै लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रम कनकाई सामुदायिक वन समुहका अध्यक्ष खेम ओलीको सभापतित्व , सचिव मान्ता खरेलको संचालन तथा उपाध्यक्ष ललितबहादुर कार्कीको स्वागतमा सम्पन्न भएको थियो । यसैविच जिल्ला वन कार्यालय झापाले उपलब्ध गराइदिएको विभिन्न प्रजातिको विरुवा समेत रोपिएको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान