कनकाई अनलाईन
झापा को भद्रपुर २ पृथ्बीनगर निवासी दिपा विश्वकर्मा अन्जु बोनम्यारो (रगत क्यान्सर ) बाट पिडित भएकी छ्न ।
पृथ्बी नगर स्थित ज्ञान सरोवर निकेतन माबिमा कक्षा १२ मा निशुल्क छात्रवृद्धिमा अध्यनरत छिन ।
बिगत ३ महिना देखि बोनम्यरो बाट पिडित बनेकी उन को हाल धरान स्थित बि।पि।कोइराला स्वास्थिय बिज्ञान प्रतिस्ठान का चिकित्सक को निगरानी मा उपचार भै रहेको ज्ञान सरोवर निकेतन माविका शिक्षक राजु बरालले जानकारी दिनु भयो ।
उनको शरीर मा रगत को उत्पादन हुन नसक्दा प्रत्येक १५ , १५ दिन मा उनलाई रगत दिने गरिएको छ । उनको पुरै उपचारका लागि लागि भारतको भैल्लोर वा दिल्ली लैजान चिकित्सक हरु ले सुझाब दिएको बिरामी कि भाउजू राधिका बिस्वकर्मा ले बताउनु भयो ।
उन को उपचार को लागि रु २० देखि २५ लाख सम्म लाग्ने भएको र आर्थिक अवस्था कमजोर भएकाले सरकारी तथा गैर सरकारी सङ सस्था , राजनितिक दल , नागरिक समाज , पत्रकार लगायत सबै लाई सहयोग गर्न परिवार जन ले आग्रह गरेको छ ।
यसै बिच दिपा को उपचार को लागि समाज सेबि शिव कुमार राज भन्डारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समितिनै गठन गरिएको छ । उनलाई सहयोग गर्नका लागि बचाऊ आर्थिक संकलन समितिको सानाकिसान कृषि सहकारीको पृथ्वीनगरको खाता नम्बर ००२००१०६८ बैक खाता समेत खोलिएको छ र समिती ले सहयोग पुर्याउन अनुरोध गरेको छ ।
Trending
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल
- शिवसताक्षीा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
- प्रदेश स्तरिय भेट्रान कप बिर्तामोडलाई
- डिएसपी कार्कीको सुरुङ्गामा विदाई
- झापामा होली मनाउन हिडेका ६ जना पक्राउ ३५८ मोटरसाईकल नियन्त्रयणमा