रविना राई र चन्द्रा कोइराला
सुरुङ्गा , जेठ २३ गते । छोराछोरी बराबरी भनेर जतिसुक्कै विभेद विरुद्धको नारा लगाइएपनि समाजमा यसको गलत शन्देश गएको पाइएको छ ।
झापाको ग्रामिण समाजमा अझैपनि छोरा पाउने आशमा नचाहदा नचाहदैपनि वढी सन्तान जन्माइरहेको पाइएको छ ।
कनकाई नगरपालिका ५ मण्डलबस्तीमा उपमेयर मन्जु प्रसाइले आफ्नो नगरमा सुरु गर्नुभएको उपमेयर सुत्केरी पोषण कार्यक्रमका लागि सुत्केरी महिलालाई घरमै पुगेर सुत्केरी पोत्साहन स्वरुप २ केजी ध्यु , झुल र क्याल्सियम चक्की वितरण गर्न जादा कनकाई नगरपालिका ५ छोरा पाउने आशमा सानै उमेरमा ४ छोरी जन्माएको पाइएको हो ।
भरर्खर विहे गर्ने उमेरमा रहनुभएकी २५ वर्षिय सीता मण्डलको पहिलो सन्तान ७ बर्षको रहेको छ । यसैगरी दोस्रो ४ वर्ष , तेस्रो अढाइ वर्ष र हालको काखको नानी १ महिनाको रहेको छ । यसरी हरेक २ वर्षमा सन्तान जन्माउनु रहर नभएर बाध्यता बनेको मण्डलको भनाइ छ । उहाँले जन्माउनुभएको चार सन्तानमध्ये एकजनामात्रै छोरा भएको भए २ सन्तान जन्मनसाथ उहाको सन्तान मोह पुरा हुने थियो तर यस पटकसमेत छोरी जन्मिएपछि उहाँ पुन अर्को सन्तान समेत जन्माउनैपर्ने बाध्यता भएको बताउनुहुन्छ ।
यस समुदायमा छोरीको विवाह गर्दा वढी खर्च गर्दैपर्ने बाध्यताका कारणसमेत सवैले छोराकै चाह गरेको हुने स्वास्थ्य स्वायमसेविका तथा वार्डसदस्य सावित्रा बर्देबाले बताउनुभयो । मण्डल त प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ तर यस क्षेत्रका अधिकांस महिलाहरु छोरा नजन्मुजेल २ भन्दा वढी सन्तान जन्माउने गरेको पाइएको छ ।मातृ तथा शिशु मृत्युदर घटाउन गत माघ महिनादेखि नगरपालिकामा उपमेयर सुत्केरी पोषण कार्यक्र लागु गरिएको छ जसमा सुत्केरी हुने महिलाले नगरपालिकाका तर्फबाट ३ हजार रुपैँया बराबरको पोषण खानेकुरा र सामाग्री पाउनेछन ।
यसका लागि उपमेयरकै तर्फबाट यसवर्ष व्याक्तिगत ५० हजार रुपैँया र नगरपालिकाको तर्फबाट २ लाख रुपैँयाको बजेट विनियोजित गरिएको कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाइले् बताउनुभयो । यसवर्ष यस रकमबाट हालसम्म २९ जना सुत्केरी महिलाले यस सुविधा पाइसकेको सुत्केरी पोषण कार्यक्रमकी संरक्षक सुनिता खरेलले बताउनुभयो । यसरी घरमै गएर सुत्केरी महिलालाई माइतीले चेली लगेर स्याहार गरेकै शैलीमा पोषण सामाग्री पाएपछि कनकाईका सुत्केरी महिला खुसी बनेका छन ।
सुत्केरी पोषण सामाग्री पाउनका लागि महिलाले गर्भवती समयममा अनिवार्य अस्पतालमा ४ पटक स्वास्थ्य जाच गराएको हुनुपर्ने र सुत्केरी गराउनका लागि समेत स्वास्थ्य संस्था लगिएको हुनुपर्ने नियम बनाइएको छ । यता छोरा र छोरीविच वढ्दो विभेद हटाउनका लागि कनकाई नगरपालिकाको वार्डनम्बर ६ ले छोरी जन्मनसाथ छोरी पढाउ बढाउ कार्यक्रम अन्र्तगत १० हजार रुपैँया दिने निर्णय गरेको छ ।
वार्डअध्यक्ष लक्ष्मीप्रसाद ओलीका अनुसार सो रकम भर्खर जन्मिएको छोरी र आमाको नाममा मुद्धती खातामा राखिने छ र सो रकम १५ वर्षपछि छोरीको विवाह वा शिक्षाका लागि प्रयोग गर्न पाइने छ । यसका लागि वार्ड समितिको वार्षिक वजेट र आफ्नो र वडासदस्यहरुको तलवभक्तावाट सो कोषका लागि रकम जम्मा गरिने समेत ओलीले बताउनुभयो ।
तस्वीर ः सुत्केरी पोषण कार्यक्रमको ध्यु लगायातका सामाग्री प्रदान गर्दै उपमेयर मन्जुप्रसाइ लगायात ः
Trending
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल
- शिवसताक्षीा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
- प्रदेश स्तरिय भेट्रान कप बिर्तामोडलाई
- डिएसपी कार्कीको सुरुङ्गामा विदाई
- झापामा होली मनाउन हिडेका ६ जना पक्राउ ३५८ मोटरसाईकल नियन्त्रयणमा