कनकाई अनलाईन
अनेरास्ववियु झापाले वासुदेव मण्डलको यात्रा उपन्यास आज विशेष कार्यक्रमका विच विमोचन गरेको छ ।
अनेरास्ववियु मेचि बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा मेची बहुमुखी क्याम्पस अध्ययनरत विविए छैटौं सेमेस्टारका छात्र वासुदेव मण्डल द्धारा लिखित उपन्यास यात्रा एक भव्य कार्यक्रम र बाक्लो उपस्थितिमा मेची बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता अनेरास्ववियु मेचि बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अशोक खतिवडाले गर्नुभएको थियो। यसै गरि कार्यक्रमको प्रमुख आतिथ्यता अनेरास्ववियु झापा जिल्ला कमिटी अध्यक्ष मनोज ताम्लि लिम्बूले गर्नुभएको थियो , गरि विशेष आथित्यता अन्तर्गत मेचि बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख गंगाराम ढुङ्गेल तथा अतिथि हरुमा क्याम्पसका प्रधापक,अनेरास्ववियु झापा जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु साथै समाजिक व्यक्तित्व र विधार्थीहरु को भव्य उपस्थितिका माझ भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस कमिटी सदस्य कुबेर अधिकारी तथा उपन्यासको समालोचना विधार्थीका तर्फबाट प्रकाश अधिकारी र साहित्यिक व्यक्तित्व गंगाराम ढुङ्गेलले गर्नुभएको थियो। उपन्यासमा के छ भन्ने वारे स्वयम् उपन्यासकार वासुदेव मण्डलले प्रकाश पार्नुभयो साथै प्रमुख अतिथि मनोज ताम्लि लिम्बूले अनेरास्ववियु रचनात्मक तथा सिर्जनात्मक कलाको भण्डार उजागर गर्ने र साहित्यिक यात्राका मण्डललाई शुभकामना व्यत गर्नु भयो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान