अधुरो अपुरो रह्यो झापालीको गोल्डकपको यात्रा


लीलाराज झापाली
विर्तामोड , फागुन २८ गते । आर्मीका गोलरक्षक विकेश कुथुको उत्कृत प्रदर्शन गरेपछि झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको उपाधि आयोजक झापा ११ लाई सड्न डेढमा हराउदै त्रिभुवन आर्मीले जितेको छ ।
पराजय सगै आयोजक रमपम झापा ११ उपविजयीमै सिमित भएको छ । झापाले पराजयसगै पहिलो संकरणको फाइनलमा झापाले हारको वदला लिनबाट चुकेको छ । आर्मीले उपाधिसगै नगद १२ लाख ५१ ह्जार रुपैँया पाएको छ भने उपविजयी बनेको झापा ११ ले नगद ६ लाखमै चित्त बुझाएको छ । खेल अवधिको समयमा खेल १—१ को बरावरीमा रोकिएपछि त्यसपछिको अतिरिक्त थपिएको १५ मिनेटमा समेत कुनै गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरमा लगिएको थियो । तर पहिलो ५÷५ खेलाडीको प्रहार समेत बरावरी भएपछि खेलको निर्णय सड्न डेढबाट गरिएको हो । सड्न डेढमा १० खेलाडीले गोल प्रहार गरेका थिए । ट्राईब्रेकरमा दुबै टिमका ३÷३ खेलाडीको प्रहार गोलमा प्ररिणत भएपछि खेल सडन डेढमा गएको थियो जसमा झापाका भुषण सुब्बा , योगेश गुङ्ग र देबेन्द्र तामाङ्गको प्रहार गोलमा परिणत हुदा झापाका स्ट्राइगर कर्ण लिम्बुको प्रहार आर्मीका गोलकिपर विकेशले लात्तले बाहिर प्याकिदिनुभएको थियो भने अर्का झापाका खेलाडी सुमिन मैनालीको प्रहार बाहिर गएको थियो । आर्मीका नवयुग श्रेष्ठ , दिपक गुरुङ्ग र गोकिपर विकेश कुथुको प्रहार गोलमा परिणत हुदा जितेन्द्र कार्कीले वल बाहिर फ्याक्नुभयो भने सन्तोस तामाङ्गको प्रहार झापाका गोलकिपर गिरीले रोक्नुभयो ।

त्यसपछि खेल सोझै सड्न डेढमा गएको थियो । सड्न डेढमा समेत झापाका विश्वास श्रेष्ठ , पुजन उपरकोटी , विकास बुडाथोकी , दिलेन लोक्क्ताम ले गोल गर्नुभयो । आर्मीका दिप लामा , विकास तामाङ, सेसेहाङ्ग लिम्बुको सुमन अर्यालको प्रहार समेत लगातार गोलमा परिणत भएपछि खेल रोचक मोडमा पुगेको थियो । झापाका लागि प्रहार गर्न आएका १० औ नम्बरका खेलाडी गोलकिपर किशोर गिरीको प्रहार आर्मीका गोलकिपर कुथुले किक प्रहारबाट उत्कृष्ट वचाउ गरेका थिए भने आर्मीका तर्फबाट १० औ नम्बरका खेलाडी टंक बस्नेतले गोल गर्दा झापाको गोल्डकप हेर्न आएका हज्जारौ स्थानीयवाशी निराश बने । यो हारसगै झापाले पहिलो गोल्डकपमा हारको बदलालिने दाउ समेत असफ लबनेको छ । खेलको अग्रता भने आयोजक झापा ११ ले गरेको थियो दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा कर्ण लिम्बुले गोल गर्दै अग्रता बनाउनुभयो । कर्णले आर्मीका सवै खेलाडी विट भइसकेका वेला गोल पोष्टको पश्चिम कर्नरबाट गरेको प्रहार आर्मीका गोलकिपर कुथुले कुनै अनुमान गर्न नसक्दा झापाले सुरुवाती अग्रता बनाएको थियो ।
तर खेल सकिन १२ मिनेटमा आर्मीका टिम क्याप्टेन भरत खबास ले हेडद्धारा गोलगर्दै खेल बरावरीमा रोक्नुभयो ।
निर्धारित समय १−१ को बराबरी भएपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो । थपिएको समयमा पनि दुबै टीमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत ३−३ गोल भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा झापाका गोलकिपर किशोर गिरीको प्रहार आर्मीका गोल रक्षक बिकेश कुथुले रोकेपछि उपाधि आर्मीको पक्षमा गएको थियो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलको ४९ औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बुले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । खमिर गिल्सन कन्दङवाले मिलाइदिएको पासलाई लिम्बुले सुन्दर गोल गरेका थिए । अन्तिमसमयको १० मिनेट झापा सम्हालिन नसक्दा उपाधि हात पार्ने मौका चुकाएको थियो । स्ट्राइकर भरत खवासले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा झापाले आक्रामक तथा आर्मीले रक्षात्मक खेल खेलेका थिए । झापाका दर्जनौ प्रहार खेर गएका थिए भने दोस्रो हाफमा आर्मीले समालिएको प्रदर्शन गरेको थियो ।
तेस्रो संस्करणमा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त गरे । त्यस्तै प्रतियोगिताका उत्कृष्ठ गोलकिपर आर्मीका बिकेश कुथु, उत्कृष्ठ डिफेनडर झापाका देबेन्द्र तामाङ, उत्कृष्ठ मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए । उनीहरुले क्रमश ३१ हजार रुपैंयाँ पुरस्कार प्रदान गरियो ।
त्यस्तै झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै नगद ५१ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिताभर ३ गोल गरेका थिए । फाइनल खेलमा झापाका बिश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित हुनुभयो । उनले २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शकको उपस्थिती भएपछि दर्शकलाई व्यवस्थि गर्न मुस्किल परेको थियो ।आठ हजार दर्शकको उपस्थिति हुने अनुमान गरिएकोमा दश हजार बढी दर्शक खेल हेर्न आएका थिए ।
प्रतियोगितामा प्रमुख अतिथि नेपाल कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विजेतालाई नगद तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू