कनकाई अनलाईन
झिलझिले, लौह पुरुष स्व गणेशमान सिंहको नाममा स्थापित गणेशमान सिंह अध्यान प्रतिष्ठानले प्राविधिक तथा व्यावसायिक शिक्षालय निर्माणका लागि झिलझिलेमा आगामी फागुन २३ गतेदेखि २९ गतेसम्म साताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ ।
आयोजक समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञको तयारीका वारेमा जानकारी गराएको हो । प्रतिष्ठानले लगाएको महायज्ञबाट करिव ३ करोड ५७ लाख रुपैया सहयोग संकलन गरि व्यावसायिक तथा प्राविधिक शिक्षालय निर्माण , रङ्गशाला र १०० शैँयाको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको प्रतिष्ठानका कोषाध्यक्ष गणेश प्रधानले बताउनुभयो । प्रतिष्ठानले बहुआयामिक प्रयोजनका लागि तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा २०५८ सालका शिवसताक्षी ११ झिलझिले चोकमा १० विगाह जमिन प्रात गरेको र सोही जमिनमा यी संरचनाहरु निर्माण गरिने संस्थाका अध्यक्ष सन्तोषकुमार मेन्याङ्बोले बताउनुभयो । महायज्ञको वाचन प्रख्यात पुराणवाचक दिनबन्धु पोखरेलले गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महापुराणका लागि करिव २२ लाख रुपैँया खर्च हुने समेत जानकारी गराइएको छ । पुराण सफल बनाउन ५ हजार १ सदस्यीय पुराण आयोजक समितिको समेत निर्माण गरिएको छ ।
लौह पुरुष गणेशमान सिंहको नाममा महापुराण लगाइदैँ ।
Having not yet visited Sector 10, follow these steps for a free upgrade.