दुबै खुट्टा गुमाएका राजवंशीद्धारा सहयोगको अपिल


कनकाई अनलाईन
भारतीय मालवाहक ट्रकको ठक्करबाट दुबै खुट्टा गुमाएका झापा मेचीनगर १४ का राजंवशी परिवारले आफ्नो छोराको जीवन वचाइदिन सबैमा अनुरोध गरेको छ ।
१७ वर्षिय संञ्जीव राजवंशीको गत माघ २ गते भारतस्थित सिलुगुढीमा आफ्न्तकोमा जाने क्रममा मालवाहक ट्रकको ठक्करले दुबै खुट्टा गुमेको थियो भारतीय प्रहरीले साइकलमा सवार यी राजवंशीकै दोष देखाएर सामान्य उपचार गरी नेपालनै फर्काइदिएपछि दुवै खुट्टा काटिएका यी किशोरको बाच्नकै लागि पनि थप ५ लाखसम्म लाग्ने भएपछि सहयोगका लागि सबैसग अनुरोध गर्नुभएको हो ।

सानैमा बाबुको मृत्युपछि आमा मेनुका राजवंशीले जाडोमा जाडोको खाजा भक्का विक्री गरेर र गर्मीमा मजदुरी गरेर ५ जनाको परिवार दुःखजिलो गरेर पाल्दै आउनुभएको थियो । यस पहिले ४ वर्ष अगाडि समेत राजवंशी गम्भिर साइकल दुर्घटनामा परेका थिए त्यसवेला समेत गाउलेले चन्दा संकलन गरेरै उनीलाई वचाए । तर यसपालीत झन राजवंशीले खुट्टानै गुमाउनु पर्यो । नक्कली खुट्टाकै सहारामा भएपनि हिड्डुल गर्न त मिल्ने थियो हाल टिचिङ्ग हस्पिटल काठमाण्डौको वेडमा उपचारत् राजवंशीले भन्नुभयो । हाल शहिद दशरथ चन्द माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी समेत रहनुभएका राजवंशी उपचारपाएर निको भए वैसाखी टेकेरै भएपनि पढाई पुरा गर्ने बताउनुहुन्छ ।

हलसम्म आफन्त र छरछिमेकी मिलेर ३ लाख रुपैँया खर्च गरी उपचार गराइसकेका उनलाई अझै २ महिना हस्टिलमै उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ । राजवंशीको उपचारका लागि सञ्जिव राजवंशी बचाउ अभियान समिति गठन गरेको छ ।
समितिमा संयोजक मुनिलाल राजवंशी, आर्थिक समिति संयोजक कृष्णकुमारी सुवेदी रहेको समितिले पत्रकार सम्मेलन गरी सहयोगको अपील गरेको छ । घाइते राजवंशीको उपचारका लागि ग्लबल बैंकको खाता नम्बर ७७०७०१०००३४२८ मा सक्दो सहयोग जम्मा गर्न समेत आग्रह गरेको छ ।
दैनिक ७ देखि १५ सयबढी खर्च हुन्छ । अभियानका संयोजक मुनिलाल राजवंशीले भन्नुभयो , केही दिनमा खुट्टाको प्लास्टिक सर्जरी गर्नुछ । निकै नै खर्च लाग्छ ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू