दाईजो लेनदेनको विहे नर्गने घोषणा


कनकाई अनलाईन
झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिकाका मुस्लिम धर्मगुरु मौलाना मुल्वी र क्रिसियान पादरीहरुले दाइजोको लेनदेनबाट बिवाह गरेको थाहा पाएमा सो विवाह नगर्ने निर्णय गरेका छन ।
सोमवार दक्षिणी झापा गाउँपालिकाको ३ कत्लामारी कामाटोलीमा भएको दाइजो प्रथा उन्मुलन सम्बन्धि अभियानमा सहभागि भएका नेपाल तथा भारतका ६० वढी मुस्लिम धर्मगुरु मौलाना र चर्चका पादरीहरुले सो निर्णय गर्नुभएको हो । धर्मगुरुहरुको यस प्रतिवद्धताको कार्यन्वयनमा झापा गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । गाउपालिकाकी उपाध्यक्ष तथा न्यायपालिकाकी प्रमुख कुन्तीदेवि बुडाथोकीले धर्मगुरुहरुको अभियानमा साथ दिन गाउपालिका तयार रहेको बताउनुभयो ।

मुस्लिम समुदायमा पछिल्लो समय विवाहका लागि केटापक्षबाट केटीपक्षलाई दाइजोको रुपमा रुपैँया पैसा , मोटरसाइकल , सुनचादी लगायातका बस्तु लिएर विवाह गर्ने र दाइजोकै कारण छिनिसकेको विवाह समेत रोकिने हुनथालेपछि मुस्लिम महिला वढी घरेलु हिसांमा परेको भन्दै यस क्षेत्रका मुस्लिम अधिकारकर्मी तथा धर्मगुरुको सक्रियतामा अभियान थालिएको स्थानीय मुस्लिम अगुवा तथा मरखज जमजमका अध्यक्ष वासेद अलिले वताउनुभयो । कार्यक्रममा मुस्लिम धर्मगुरु मौलाना अब्दुल रौफले आफुहरुले अहिलेसम्म जसरी विवाह गराएपनि आगामी दिनमा दाइजो लिएको विवाह नर्गने बताउनुभयो । अन्य समुदायमा केटी पक्षले दाइजो दिने चलन भएपनि मुस्लिम समुदायमा भने केटा पक्षले केटीपक्षलाई दाइजो दिने चलन रहदै आएको छ , केटापक्षले दाइजो दिदापनि मुस्लिम महिला वढी हिसांमा परिरहेको स्थानीय मुस्लिम अधिकारकर्मी तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ज्याबुल हकले बताउनुभयो ।

दाइजो प्रथा कानुनी रुपमा दण्डनीय भएपनि आवश्यक सचेतनाका कमिले गर्दा यस प्रथाको चलन घटनुको साटो वढिरहेको हकले बताउनुभयो । कार्यक्रममा मौलाना महमद ताहिर सेराजीले मुस्लिम समुदायको धर्ममा कहिपनि दाइजोप्रथाको अनुमति नभएको बताउनुभयो । धर्मगुरुले यसवारेको चेतनावृद्धिमा भुमिका खेल्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा पाष्टर जग्गनाथ पौडेल लगायातले समेत दाइजो लिएको विवाह रोक्ने प्रतिवद्धता जनाउनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू