कनकाई सामुदायिक वनका अध्यक्ष ओलीद्धारा सहारा पत्रकार उपचार कोषलाई १० हजार


कनकाई अनलाईन
कनकाई सामुदायिक वन उपभोक्ता समुह सुरुङ्गाका अध्यक्ष तथा युवा समाजसेवी ख्याम ओलीले झापाली पत्रकारहरुद्धारा संचालित सहारा पत्रकार उपचार कोषका लागि आज १० हजार रुपैँया प्रदान गर्नु भएको छ ।

ओलीले आफुले अध्यक्षको तलव भक्ताबापतको जम्मा भएको रकमबाट उपचारकोषका उत्त रकम प्रदान गर्नुभएको हो । ओलीले यस अगाडिनै सामुदायिक वनको निर्वाचन जितेमा वनबाट पाउने कुनैपनि रकम नलिने र सो रकमलाई कोष बनाएर गरिवका छोराछोरीलाई छात्रवृत्ति दिने तथा सामाजिक गतिविधिमा खर्चने घोषणा गर्नुभएको थियो । आफुले .देश र जनताको पक्षमा निरन्तर कलम चलाउने पत्रकार दुर्घटना तथा गंम्भिर विरामी परेको वेला मद्धत गर्नका लागि बनाइएको कोषमा आफुले सानोभएपनि सहयोग गर्न पाएको भन्दै ओलीले खुसी व्याक्त गनुभयो ।

उहाँले सो रकम पत्रकार सहारा उपचारकोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी , सदस्य लीलाराज झापाली तथा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई हस्तानतरण गर्नुभएको थियो । एक करोड रुपैँयाको कोष बनाइ पत्रकारलाई भैपरि आउदा सहयोग गर्ने उद्धेश्यले झापामा सुरु गरिएको यस अभियानमा हालसम्म करिव ४० लाख रुपैँया संकलन भैसकेको संयोजक एकराज गिरीले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू