कनकाई अनलाईन
सुरुङ्गा , माघ १ गते । मकर संक्रान्तिका दिन कनकाई नगरपालिका ३ स्थित पुकार अपाङ्ग अशक्त समाजमा रहेका अपाङ्ग असक्त वालवालिकाहरुलाई विभिन्न संस्था तथा व्याक्तिले आज खाद्यान्न सहयोग गरेको छ ।
साना हात नेपाल , विलिभर्स चर्च , हाम्रो पाइला तपाईको लागि , आवद्ध वचत तथा ऋण सहकारी संस्था विर्तामोड लगायातका संस्थाहरुले आज सुरुङ्गामा पुगेर चामल , तेल , दाल नुन लगायातका अत्यावश्यक खाद्यान्न सहयोग गरेको हो ।
हाल यस पुकार अपाङ्ग संमाजमा असक्त रुपमा रहेका १४ जना वालवालिकालाई संरक्षण गरेर राखिएको छ । संस्थाकी अध्यक्ष निर्मला ओझाको समेत २ छोरीहरु अपाङ्ग रहेका छन । उहाँले आफुले नखाएपनि यी वालवालिकालाई विहान वेलुकीको छाक टार्नै समस्या भएको भनी सहयोगको हात वढाएपछि आफुहरुले संकलन गरेर सहयोग गरेको साना हात नेपालका अध्यक्ष जगत वाग्लेले वताउनुभयो ।
कार्यक्रममा आवद्ध वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष जगत वाग्ले , दाता राजन वाग्ले लगायातले सानो सहयोगले वच्चाको लालनपालनमा सहयोग पुग्न सकेकोमा खुसी व्याक्त गर्नुभयो । उहाँहरुले आफुहरुले यस्ता सहयोग कार्यक्रलाई निरन्तरता दिदैजाने समेत प्रतिवद्धता जनाउनुभएको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान