कनकाई अनलाईन
सुरुङ्गा , पुुस १७ गते । झापामा पछिल्लो समय दिउसै पार्किङ्ग गरि राखिएका मोटरसाइकल चोरी हुनथालेपछि मोटरसाइकल धनीहरु चिन्तित बनेका छन ।
खासगरी अस्पताल परिसर , पिकनिक स्पोर्ट तथा शैक्षिक संस्थाभित्र पार्किङ्ग गरिराखिएकै अवस्थामा मोटरसाईकल हराउन थालेपछि मोटरसाईकल चोरी भएको भन्दै दैनिक प्रहरीकोमा समेत उजुरी आउनेक्रम वढेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइराला बताउँनुहुन्छ । जथाभावी सिसि क्यामेरा नभएको ठाउँमा हेण्डिलसमेत लक नगरी राखिएका मोटरसाईकलहरु वढीमात्रमा हराउनेगरेको प्रहरी प्रमुख कोइरालाले बताउँनुभयो ।
हराइएका भनिएका मोटरसाईकलमध्ये ज्यादै नगन्य रुपमा मात्रै भेट्टिने गरिएको प्रहरीको भनाई छ , कतिपय मोटरसाईकल चोरी भइसकेपछि सम्बन्धित मोटरसाईकल धनीलाई चोरी गर्ने समुहले वोलाएर फिरौती रकम लिएर समेत जिम्मा लगाउने गरे पछि यस क्षेत्रमा मोटरसाइकल चोरी गर्ने संगठित गिरोहनै लागेको प्रहरीको अनुमान रहेको छ । पछिल्लो समय गत शनिवार मात्रै पुर्वकै अति चर्चित जामुनखाडी सिमसार तथा पर्यटकिय स्थलबाटै पार्किङ्ग गरिराखिएको मोटरसाइकल हराएको छ ।
यसवाहेक विर्तामोड आसपासमा मात्रै गएको एक महिनाभित्रै १५ वटा मोटरसाइकल हराएको भनेर प्रहरीमा उजुरी परेको छ । त्यसो त प्रहरीले हराएका भनिएका मध्ये ३ वटा मोटरसाइकललाई झापा तथा मोरङ्गका विभिन्न स्थानबाट फेलापारेर सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा समेत लगाएकोे छ ।भेटिएका मोटरसाइकलहरुमध्ये एकवटा मोरङ्गको उर्लावारीमा तथा दुइवटा विर्तामोडमै प्रहरीले फेला पारेको हो । यसरी दिउसैको समयमा मोटरसाइकल हराउने क्रम वढेसगै इलाका प्रहरी कार्यलय विर्तामोडले समेत वढी भिडभाड तथा मोटरसाइकल पार्किङ्ग हुुने स्थानमा साधा पोशाकमा प्रहरी परिचालन गर्ने गरेको छ ।
प्रहरीले मोटरसाईकल पार्किङ्ग स्थलमा नगरपालिका तथा संघसंस्थाको सहकार्यमा सिसि क्यामेरा जोडने कार्य समेत सुरु गर्ने तयारी गरिसकेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख कोइरालाले बताउनुभयो । तर कतिपय अवस्थामा मोटरसाइकल धनीको लार्पवाहीकै कारण पनि प्रहरी र सम्बन्धित मोटरसाइकल धनीले समस्या व्योर्होनुपरिरहेको प्रहरीको गुनासो छ । विना हेण्डिल लक तथा कतिपय अवस्थामा त चावी समेत मोटरसाइकलमै राखेर पार्किङ्ग गरिराखिएको पाइन्छ । इप्रका विर्तामोडका प्रहरी प्रमुख कोइरालाले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख डिएस्पी कृष्णप्रसाद कोइराला पत्रकारहरुलाई क्षेत्रमा भएका विभिन्न घटनावारे पत्रकार सम्मेलन गरेर जानकारी दिदैँ
Trending
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल
- शिवसताक्षीा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
- प्रदेश स्तरिय भेट्रान कप बिर्तामोडलाई
- डिएसपी कार्कीको सुरुङ्गामा विदाई
- झापामा होली मनाउन हिडेका ६ जना पक्राउ ३५८ मोटरसाईकल नियन्त्रयणमा