आइपी भट्टराई
जेष्ठ नागरिक संघ कनकाई नगरपालिकाको ३ नम्बर वार्ड समितिमा पुन अध्यक्षमा रघुनाथ भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।
आज भएको संघको दोस्रो साधरणसभाबाट अध्यक्षमा भट्टराई पुन अध्यक्षमा चयन हुनुभएको हो ।
११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा धनमाया चिमरिया सचिवमा ओमनाथ दाहाल , सहसचिवमा , घनश्याम वराल , कोषाध्यक्षमा भागीरथा शिवाकोटी र सदस्यहरुमा खेमप्रसाद खतिवडा , कृष्णप्रसाद उप्रेती , अमृतबहादुर गुरुङ्ग र मेनुका ढकाल रहनुभएको छ । २ सदस्य पछि थप गरिने निर्वाचन समितिका संयोजक ताराप्रसाद खनालले बताउँनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा यस क्षेत्रका लव्ध प्रतिष्ठित र जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अथिति पोखरेलले जेष्ठ नागरिकका समस्या र सम्मानका लागि नगरपालिकाले कुनै कसर वाकी नराख्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , जेष्ठ नागरिक संघका कनकाई नगर अध्यक्ष पुण्यप्रसाद बाह्कोटी , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण चुडाल , जेष्ठ नागरिक समाजका कनकाई ४ का अध्यक्ष विनोद दाहाल , लगायातले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई शुभकामना दिनुभएको थियो ।
कनकाई नगरपालिकाको यस वार्डमा मात्रै २ सय वढी आजिवन जेष्ठ नागरिकको सदस्यता लिएका सदस्य रहनुभएको छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान