मेचीनगर । पूर्व संसद उषा गुरुङ्गले आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा अपाङ्ग आवाशिय बालबालिका बिध्यालयमा खाद्यन्न लगायतका सामाग्री आइतबार प्रदान गर्नु भयो ।
पूर्व संसद गुरुङ्गले स्वर्गीय पिता गणेश बहादूर र माता नन्द कुमारी गुरुङ्गको स्मृतिमा मेचीनगर –७ स्थित समाज सेवा सुधार युवा संघ, अपाङ्ग सहयोग समितिद्वारा सञ्चालित अपाङ्ग आवाशिय विध्यालयलाई एक सय केजी चामल, तेल, मुसुरो दाल, चना, मट्टर लगायतका खाद्यन्न सामाग्री संघका सचिव गंगा संग्रौलालाई प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व संसद गुरुङ्गले विगतमा अपाङ्ग मैत्री सविधान निर्माणका लागि पहल कदमी गर्दै राज्यले विनियोजित बजेटमा पहिला अपाङ्गहरुलाई प्रथामिकता दिनु पर्ने कुरामा जोड दिनु भयो । वहाँले विगतमा जस्तै भोलिका दिनमा सहयोग, सदभाव निरन्तर रहने बताउनु भयो । कार्यक्रममा संघका सचिव गंगा संग्रोलाले विगतमा गुरुङ्गले संघको भवन निर्माण तथा फिजियो थेरापीको सामान खरिदका लागि बजेट निकासीमा अह्म भमिका निर्वाह गर्नु भएको जिकिर गर्नु भयो । कार्यक्रममा नेपाल तरुण दलका क्षेत्रिय सभापति अर्जुन राई, नेपाली काँग्रेसका वडा सभापति कन्चन बराल लगायतले बोलेका थिए । विध्यालयमा २५ जना अपाङ्ग बालबालिका र ७ जना कर्मचारी रहेका छन् ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै