लीलाराज झापाली
शिवसताक्षी नगरपालिका ११ नम्बर वार्डमा एउटा गाउँ छ जसको नामै बामे डाँडा छ । देशका प्राय सवै निर्वाचनमा यस क्षेत्रका स्थानीय वाशीले ९० प्रतिशत भोट बाम घटकमा हाल्ने गरेका छन । यस गाउँमा राष्ट्रवादी वाम गठबन्धनका प्रदेशसभा क का उम्मेद्धार झलकसिंह दर्लामीले गरेको चुनावी भाषण जस्ताको त्यस्तै हामीले राखेका छौ ।
आफुहरु दुईजना कम्युनिष्ट्र भएर फुटदा यस क्षेत्रका ९० प्रतिशत जनताले भोट कम्युनिष्ट्रमा लगाएपनि २ तर्फ भोट वाढ्दिा कम्युनिष्टहरुको हार भएको भन्दै अव एक भएकाले वामेडाँडाका जनताहरुको भोट हाल्ने ठाउँपनि एउटै भएकाले सुविधाजनक हिसावले जित्नसक्ने वताउँनुभयो ।
हामीले निरन्तर रुपमा सर्वहारा वर्ग र मजदुर र किसान वर्गको मुक्तिको कुराहरु गर्दै गएपनि कम्युनिष्टहरु फुटदै विभाजित हुदै गएकाले पुजीवादीहरुलेमात्रै शासन गर्दै गएको वताउँनुभयो ।
उहाँले आफ्नो इतिहासतीर फर्केर हेर्दा कहाली लाग्ने वताउँनुभयो । शन्देशले नेपालसगसगै स्वतन्त्रताभएका मुलुकहरु चीनमा नौलो जनवादी क्रान्तिभएको , भारतमा १९४७ मा भारत छोड आन्दोलन भएर विट्रिस शासनको अन्त्य भएको थियो । ती मुलुकहरुले कायापलट गरे तर हामी जहिको तही छौ भन्दै अव नेपालीको धैर्यताको समय सकिएको वताउँनुभयो ।
अव यहि ठिक समय आएको वताउँदै दुइ कम्युनिष्ट्र पार्टी एउटै भएको भन्दै प्राविधिक कारणले मात्रै चुनाव चिन्ह एउटै बनाउन नसकेको बताउँनुभयो । दुवै पार्टीको ध्यय एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएपनि केन्द्रिय नेतृत्वले त्यो तयारी गरेपनि तर निर्वाचन आयोगको कारणले कानुनी अड्चनका कारणले एउटै चुनावचिन्हबाट चुनाव लड्न नपाएको तर दुवै पार्टी एउटै भइसकेको छ भन्नुभयो । पार्टी समायोजन समिति समेत वनिसकेको ,गाउँ गाउँमा चुनाव परिचालन समिति बनाएर वार्डसम्म आइसकेको बताउँनुभयो । यसकारण कसैले चुनाव चिन्हका कारण कसैले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण नरहेको वताउनुभयो ।
यसपटक राष्ट्रवादी र बामपन्थी शक्तिहरु बहुमतको सरकार वन्ने कुरामा कुनै दुविधा नभएको वताउँनुभयो । आज सवैले नयाँ सपना साचेको , पार्टी एक भएपछि निर्वाचनमा गइरहदा यो समाज ठाउँ र राष्ट्रका वारेमा केहि नविन सपना र संङ्कल्पहरु आफुहरुले राखेको भन्दै जवसम्म यो देश समृद्ध र विकसित हुदैन , यस देशका युवाहरुले यहि देशमा रगत पशिना वगाउँने वातवरण वन्दैन ,हाम्रा वाटाहरु कालोपत्रे हुदैनन , सडकहरु आधुनिक हुदैनन , कृषि क्षेत्र उन्नतशील हुदैन , तवसम्म हाम्रो जिवनस्तर उठनसक्दै यसकारण आफु यहिठाउँमा जन्मिहुर्कि खेलेको हुदा यी समस्याहरुको वारेमा जानकार छु ।
जितेपछि यी समस्यालाई कसरी पार लगाउने भन्ने वारेमा मेलै सोचीरहेको छु पुरा गर्छु भन्नुभयो । माओवादीका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज समेत रहनुभएको नेता दर्लामीले अघिल्लो निर्वाचनमा यहि क्षेत्रबाट एमालेका एलपीसाँवा लिम्बु र आफु दुवैजना यहि क्षेत्रबाट चुनाव लडेको र साँवाले २४० मतले निर्वाचन हार्दा आफुलेपनि ९ हजार ५ सय मत ल्याएको स्मरण गदै दुवैले २५ हजार भन्दा वढी ममत ल्याएर पनि प्राविधिक रुपमा पराजय भोगेको स्मरण गर्नुभयो । वामपन्थीहरुको यत्रो मत हुदापनि हामीले हायौँ यसले गर्दा हामी वामपंथीहरुले मात्रै हारेका रहेनछौँ , सिंगो यस ठाउँले पनि हारेको रहेछ । यो ठाउँ र क्षेत्रले पनि हारेको रहेछ मलाई आज त्यो अनुभुति भइरहेको छ । अन्य क्षेत्रमा जादाखेरी अलिकती विकास निर्माणहरु भएको देख्छौ , तर हाम्रो यो ठाउँ यो गाउँ , अविकसित रुपमा रहेको छ । मलाई अन्य ठाउँमा जादा त्यस ठाउँका विकास निर्माणका कामहरु अगाडि वढेको देख्दाखेरी मलाई आफ्नो गाउँको याद आउथ्यो , यो ठाउँको याद आउथ्यो । त्यो हाम्रो ठाउँलाई पनि केहि गर्न पाए हुनेथियो । केहि गर्न सकेको भएहुन्थ्यो जस्तो लाग्ने गरेको वताउँदै तर आफुहरुले जित्न सकेनौँ , तपाइहरु सवैले प्रयत्न गर्नुभयो , यसको निम्ति यहाँहरु सवैलाई आभार प्रकट गर्दछु । तर तपाईहरुले माया गरेर दिएको मत त्यो हामीलाई पुगेन । तर संयोगवश आज गठबन्धन बनेको छ ।
र हाम्रो जित निश्चित छ । आज हामी एउटै पार्टी बनाएर निर्वाचनमा गएका छौँ । म यहाँहरुलाई के आग्रह गर्न चाहन्छु भने हाम्रो उम्मेद्धारी यो प्रदेशको विकासको निम्ती हो , हाम्रो उम्मेद्धारी यो क्षेत्रको समग्र विकासको निम्ती हो , यहानेर समस्याहरुको कुराकानी राख्दाखेरी यहाँनेर कनकाई नदिको कटानको समस्याहरु आउँछ , झर्ना खोलाको पुलहरुको कुराहरु आउछ , यो बाटोहरु सडकहरु फराकिलो कालोपत्रे कहिले बन्छन भन्नेकुराको जिज्ञासा आउँछ , सताक्षी खोला नदि नियन्त्रण कहिले हुन्छ भन्नेवारेका समस्याहरु आउँछन । पुस्तैपुस्तादेखि यहाँनेर हामी वसेका छौ , ढालफाडगरेर वसेका छौँ , तरपनि हामीले धनीपुर्जा प्राप्त गर्न सकेका छौनौ , सुकुम्बासीका समस्याहरु छन थुप्रै थुप्रै समस्याहरु छन् । यो समस्याको समाधानका निम्ति यी समस्या कहिले समाधान हुन्छ भन्नेकुरामा यहाहरु चिन्तित हुनुहुन्छ , म आफैँपनि चिन्तित छु । व्याक्तिगत हिसावले भन्ने हो भने म आफैँपनि सुकुम्वासीको छोरा हु ।
अहिलेपनि मैले धर्नीपुजा लिन सकेको छैन । म आफै तपाईहरुले जुन समस्या भोगिरहनुभएको छ । यो समस्याको म पनि एउटा पक्ष हु । त्यसकारणले गर्दा यी तमाम समस्याहरुको समाधानको निम्ति म यहाँहरु सवैलाई एउटा प्रतिवद्धता जाहेर गर्दछु। यी सवै कामहरु हामी स्थानीय सरकार मार्फत , नगरपालिका स्थानीय सरकार हो हाम्रो , नगरपालिका मार्फत दिर्घकालिन र अल्पकालिन कामहरु अगाडि वढ्दैछन हाम्रो , त्यहावाट केहि कामहरु हाम्रो हुनेछ , यो निर्वाचन पछि हामी प्रदेश सरकार निर्माण गर्दैछौ । प्रदेश सरकारमा गएर यी समस्याहरुको समाधानका निम्ति म आफ्नो ठाउँबाट पहल लिने छु । त्यस्तैगरेर हाम्रो केन्द्रिय सरकार पनि वन्ने छ , केन्द्रिय सरकारमा पनि यी समस्याहरु दर्ज हुनेछन , त्यहावाट पनि हामी हाम्रा समस्याहरु समाधानका निम्ति प्रदेशसभाको प्रतिनिधिका रुपमा मैले आफ्नो भुमिका निर्वाह गर्ने छु । खुसी लागेको छ हामी केन्द्रिय सरकारमा पनि हामी हुने छौ , स्थानीय सरकारमा त हामी छदै छौँ मेयर उपमेयर र वामपन्थीहरुकै अधिकांश वार्डअध्यक्षहरु छौ , तर यो सरकारमा पनि हामी वामपन्थीको नेतृत्व प्रदेश सरकार निर्माण गर्ने छौ र प्रदेश सरकार मार्फत हामी विकास निर्माणको समृद्धिको निम्ति हामी ठोस काम गर्नेछौ , म तपाइलाई यो पनि प्रतिवद्धता राख्दैछु । यसैगरेर केन्द्रिय सरकारमा पनि कामरेड एलपी साँवा लिम्बु जितेर जादै हुनुहुन्छ , केन्द्रमा पनि वहुमतको सरकार वन्ने छ , अवको वहुमतको सरकारको नेतृत्व कामरेड केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । सरकारले गरेको नौमहिने लोकप्रिय कार्यक्रममा थप कार्यक्रम समावेश गरेर युगान्तकारी परिवर्तन यो अव वन्ने ५ वर्षे सरकारले गर्ने छ । त्यसकारणले अहिले वाम गठबन्दन बनेको छ , स्थिर सरकार निर्माण गरेर समृद्ध र विकास मार्फत जनताको जीवनस्तर उठाउनका निम्ति समृद्ध नेपाल र सुखी नेपाली , भन्ने नारा हामीले बनाइरहेका छौ , यो गठबन्दनको नारा हो , यो नारा तपाई हाम्रो सवैको नारा वन्नुपर्दछ र यो राष्ट्रिय अभियान बन्नुपर्दछ । यो सरकार मार्फत लोकतन्त्रको संस्थागत विकास र स्थायी दिगो विकास र शान्ति यो देशमा ल्याउनु छ । यी तमाम चुनौतीहरुको सामना गर्नका निम्ति ५ वर्षसम्म चल्ने स्थिर सरकार मार्फत हामी कार्यभार पुरा गर्ने छौ ।
एक सय वाट सुरु भएको त्यो वृद्धभक्ता आज २००० पुगेको छ । बामपन्थीको बहुमतको सरकारले ५००० बनाउदैछ । यो गरेर देखाउने प्रण पनि हो । यस्तै यस्तै महत्वपुण प्रतिवद्धता जनाउन चाहन्छु । म यो प्रदेशका समस्याहरु चाहे खानेपानी , चाहे धनीपुर्जाका समस्याहरु होस , चाहे बाटोघाटो कालोपत्रे , बाटोको स्तर उन्नती गर्ने , र हाम्रो गाउँठाउँमा विकासको लहर श्रृजन ागर्ने काममा म सधा लागिरहने प्रतिवद्धता जनाउन चाहन्छु ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी