सागर गौतम
खुदुनाबारी
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९ल्ऋभ्, ल्भ्एब्ी० झापाले शनिवार विर्तामोड स्थित रिसव होटल हलमा विभिन्न पार्टीका नेताहरु, उम्मेद्वारहरु तथा शैक्षिक व्यक्तित्वहरुको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जि.स.स.सभापती सोमनाथ पोर्तेल, शिक्षक महासंघ अध्यक्ष तेज प्रसाद चम्लागाई, देवी मा.वी. अध्यक्ष ज्ञानीराम प्रसाई, विवेकशिल साझा पार्टीका प्रदेश सभा सदस्य उम्मेद्वार चित्राङ्गद तिम्सिना, रा.प्र.पा.सभापती शंकर रिजाल, गै.स.स. महासंघ अध्यक्ष छविलाल खतिवडा, श्रोत ब्यक्ति केशर बहादुर खवास, एमाले प्रदेश सभा उम्मेद्वार एकराज कार्की, कर्मचारी युनियन झापा देवराज कार्की, ने.का. जिल्ला का.वा. सभापती राम कट्टेल, बिर्तामोड नगर प्रमुख ध्रुव शिवाकोटी, महिला वालवालिका कार्यालयबाट चन्द्रकला खरेल, लगायतका अतिथि तथा वक्ताहरुले विद्यालय शान्ति क्षेत्रका रुपमा घोषणा भए पनि कार्यान्वयन पक्षमा ध्यान दिन नसकेका कारण राजनैतिक प्रयोजनका लागि आज पनि विद्यार्थीलाई असर पर्ने नसकेको बताउँदै सहभागी गराउने काम भएको देखिएको हुँदा यस कार्यलाई समाजका अगुवा व्यक्तिहरुबाट नै विकल्पको खोजी गरि त्यस्ता कार्यलाई क्रमिक रुपमा रोक्नुपर्ने कुरामा जोड दिए ।
आवधिक रुपमा गरिने चुनाव कार्यक्रमले विद्यार्थीमा सकारात्मक सन्देश गएता पनि त्यस क्रममा गरिएका असावधानी कार्यले विद्यार्थी वर्गमा नकारात्मक मनोवैज्ञानिक असर पनि पर्न सक्ने र पढाइमा समेत असर पर्न गई अवोध वालवालिका माथि अन्याय पर्न जाने देखिएको हुँदा त्यस्ता कार्यलाई आगामी स्थानीय प्रदेश र केन्द्रिय सभामै पहल गर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता ल्ऋभ्, ल्भ्एब्ी झापा सञ्जालका अध्यक्ष मोहन प्रसाद ओलीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य हेम खत्रीले गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तव्य सदस्य हरि गौतमले गर्नुभएको थियो । उक्त कार्यक्रममा ल्ऋभ्, ल्भ्एब्ी झापाका सदस्यहरु सोमराज ढकाल, हरि गौतम, उमानाथ ढकाल र दधिराम आचार्यको समेत सहभागिता थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान