कनकाई अनलाईन
झापा क्षेत्र नं. २ को २
बिर्तामोड ८ मंशीर । आसन्न निर्वाचनका लागि झापा क्षेत्र नं. २ प्रतिनिधिसभाकी उम्मेद्वार वनेकी पवित्रा निरौला खरेलले वामगठवन्धनको जितपछि वन्ने सरकारले मात्र देशमा विकासको लहर ल्याउन सक्ने बताएकी छिन् । अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित विहीबारे बजारमा शुक्रवार आयोजित चुनावीसभामा बोल्दै पवित्राले चुनावपछि बन्ने वामगठबन्धनको सरकारले देशका प्रत्येक क्षेत्रमा विकास गर्न सक्ने वताएकी हुन् ।
मेची अञ्चलकै एक मात्र प्रतिनिधिसभाकी महिला उम्मेद्वार बनेकी पवित्राले बहुमतको सरकार ल्याएर ५ बर्षे सरकारको स्थापना गर्न सके मात्र विकास गर्न सकिने बताएकी हुन् । उनले कृषि, पर्यटन जस्ता क्षेत्रमा विकासको लहर ल्याउने खालका योजना ल्याउन अव बन्ने सरकारलाई दवाव दिने समेत बताइन् ।
झापा पर्यटन क्षेत्र भएर पनि पर्यटन स्थल बन्न नसकेको उनको भनाई थियो । उनले झापा क्षेत्र नं. १ बाट पूर्व सञ्चारमन्त्री सुरेन्द्र(राम) कार्की र ३ नं. बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसमेत वामगठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार रहेकाले उनीहरुलाई पनि जिताउन सवै मतदातालाई आग्रह समेत गरेकी छिन् । ‘वामगठवन्धनले बहुमतको सरकार बनाउँछ’, पवित्राले भनिन् ‘ त्यसपछि बन्ने सरकारले किसान, मजदुरका समस्यालाई ख्याल गर्दै सवैलाई रोजगार दिलाउँछ ।’
चुनावीसभालाई झापा क्षेत्र नं. २ को २ का प्रदेशसभाका उम्मेद्वार विर्ख प्रधानले पनि सम्वोधन गरेका थिए । कार्यक्रममा समानुपातिक उम्मेद्वार रोशन कन्दङुवा, कमला थापामगर, अर्जुनधारा–६ का वडाअध्यक्ष ध्यानबहादुर भारती, माओवादी केन्द्रका वडा अध्यक्ष मात्रिका शिवाकोटीसहित वामगठवन्धनका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । त्यसैगरी टोलीले पाण्डपपुर, पानीकल, भानु मावि लगायतका स्थानमा समेत घरदैलो र चुनावी सभा गरेको छ ।
झापा क्षेत्र नं. २ को १
झापा क्षेत्र नं. २ का प्रतिनिधिसभाकी उम्मेद्वार पवित्रा निरौला खरेल र १ प्रदेशसभाका उम्मेद्वार एकराज कार्कीको टोलीले बिर्तामोड–५ स्थित महानन्द चौकमा कोणसभा भएको छ । कोणसभालाई प्रतिनिधिसभाकी उम्मेद्वार खरेल र प्रदेशसभाका १ का उम्मेद्वार कार्कीले सम्बोधन गरेका थिए । त्यसैगरी तमु टोलमा भएको कोषसभामा उम्मेद्वार कार्कीले कृषि बजार ब्यबस्थापन र पार्किङलाई ब्यबस्थापन देखि बिकासको काममा लागि पर्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा माओवादी केन्द्रका अरुण श्रेष्ठ उपमेयर पबित्रा महतरा प्रसाईं जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल ज्ञानु प्रसाईं, वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन लगायत दुईसय भन्दा वढि तिनै दलका नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो ।
झापा क्षेत्र नं. ३
झापा क्षेत्र नं. ३ को वाह्दशी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा चुनावीसभा, रोडसभा र घरदैलो भएको छ । कार्यक्रममा झापा क्षेत्र नं. ३ का वामगठवन्धनका प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र लिङ्देन, प्रदेशसभाका पूर्णसिंह राजवंशी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, पूर्व सांसद पूजा खनाल, मोहन टुडले सम्वोधन गरेका थिए । बाह्दशी ४ र ५ को संयुक्त आयोजनामा चकचकीमा वृहत जनसभा भएको छ । जनसभामा समानुपातिक उम्मेद्वार वसन्त वानिया, एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि राजबंशी, राप्रपाका समानुपातिक उम्मेद्वार रामकुमार राजवंशी, राजेन्द्र लिङ्देन समानुपातिक उम्मेद्वार पूर्णसिंह राजबंशी लगायतले सम्वोधन गरेका छन् । मतदाताले आफ्नो क्षेत्रको समस्या समेत उम्मेद्वारलाई जानकारी गराएका थिए । कार्यक्रममा वामगठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
झापा क्षेत्र नं. ४
झापा क्षेत्र नं ४ को (क) प्रदेशसभा सदस्यका बामपन्थी साझा उम्मेद्वार झलकसिहं दर्लामीले समग्र जिल्लाको बिकास निर्माण र जनताका आकांक्षालाई पुरा गर्न आफुले उम्मेद्वारी दिएको बताएका छन् । मंसिर २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचार प्रसारको क्रममा झापाको शिवसतासी–४ र ५ को पाँचगाछीका बिभिन्न गाउँ–टोलहरुको घरदैलो तथा कोणसभामा दर्लामीले सो कुरा बताएका हुन् ।
उनले भने ‘ म लामो समय बिकासको पक्षमा निरन्तर छु, भोली पनि रहिरने छु, दर्लामीले भने–यहाँको सवै खाले समस्यामा म चिरपरिचित छु र मलाई यहाँहरुले मतदान गरेर बिजयी गराउँनु हुनेछ ।’ उनले सो क्रममा आफु यसक्षेत्रबाट निर्वाचित हुनेमा ढुक्क भएको पनि बताए ।
समाजको रुपान्तरण तथा लोकतान्त्रिक गणतन्त्रको बिकास र समृद्धिका लागि मुलुकमा स्थायी सरकार निर्माण गर्नुपर्छ भन्ने ठ्म्याई भएको कारणले प्रदेशसभा सदस्यमा आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारे ।
मुलुकको समृद्धि लागि झापा क्षेत्र नं ४ को शिवसतासीमा प्रसंस्त संम्भवनाहरु भएको बताउँदै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहको प्रदेशसभा सदस्यका उम्मेद्वार दर्लामीले पशुपालन, कृषि, रोजगारी, सिचाई, नदी नियन्त्रण, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन र आदीवासी समुदायको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । सो अवसरमा माओवादी केन्द्रका महेन्द्र भट्टराई, भूमिका कार्की, दुर्गा नेम्बाङ, ढुण्डि गुरागाईले पनि संम्बोधन गरेका थिए ।
Trending
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी