लीलाराज झापाली
झिलझिले , मंसिर २ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा शनिवारको खेलमा प्रतिस्पर्धापुर्ण खेलमा विभागिय टिम शसस्त्र प्रहरी वलको टिमलाई हराउँदै अर्कौ विभागिय टिम नेपाल आर्मी सेमिफाईनलमा प्रवेश गरेको छ ।
आर्मीले एपिएफको चुनौती ३—२ गोल अन्तरले पन्छाउदै आर्मी सेमिफाइनको स्थान सुरक्षित गरेको हो ।
गोल्डकपमा आर्मी वाईमा परेर सोझैँ क्वाटरफाईनलमा प्रवेश गरेको हो । अव आर्मीले फाईनल प्रवेशका लागि चिर परिचित प्रतिद्धन्द्धी रमपम झापा ११ सग प्रतिस्पर्धा गर्दैछ । खेलमा गोलको अग्रता भने आजको खेलमा एपिएफले पेलान्टी मार्फत बनाएको थियो । खेलको २५ औँ मिनेटमा एपिएफका अन्जन विष्टले पाएको पेलान्टीको सदुपयोग गर्दै गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएकाके थियो तर यो अग्रता भने धेरैवेर टिकेन आर्मीका चर्च पिन्स कार्कीले खेलको ३२ औ मिनेटमा गोल गर्दै खेललाई वरावरीमा रोक्नुभयो । कार्कीले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै वरावरी गोल फर्काउनुभयो । खेलको ३९ औ मिनेटमा पुन एपिएफका श्याम नेपालीले गोल गर्दै टिमलाई पुन अग्रता दिलाउनु भएको थियो ।
नेपालीले नविन लामाको क्रस पासमा टिमका लागि गोल गर्नुभयो । पहिलो हाफ एपिएफले २—१ को अग्रतामा सकिएको थियो । त्यसपछि भने खेललाई आर्मीका खेलाडीले पुन आफ्नो नियन्त्रणमा लिएको थियो । खेलको ५५ औ मिनेटमा जर्जपिन्स कार्कीको पासमा सुमन अर्याल र ६७ औ मिनेटमा दिप लामाले गोल गर्दै टिमलाई विजयी बनाउनुभएको थियो । खेलमा १ गोल २ गोलमा सहयोगि भुमिका खेल्नुहुने कार्की खेलको म्यानअफ द म्याच समेत हुनुभयो । उहाँलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले नगद १० हजार रुपैँया दिनुभयो । आइतवारको खेल अग्नि रुपन्देहि ११ र मनाङ्ग क्लव काठमाण्डौविच हुनेछ । मनाङ्ग वाइपाएर सोधै दोस्रोचरणमा प्रवेश गरेको हो ।
सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः पेलान्टी मार्फत गोल गर्दै एपिएफका अन्जन विष्ट लीलाराज झापाली
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान