काकडभिट्टा । क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले अधिल्लो निर्वाचनमा आशा र भरोसा गर्दै आएको भएपनि यस पटक बिश्वासका साथ मैदानमा ओर्लिएको बताउनु भयोे ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका शर्माले देशमा नेता राम्रो हुनुमा जनता राम्रो हुनुपर्ने जिकिर गर्दै छोरीको कन्यादान गर्दा आमावुबाले जसरी सचेत तथा गम्भीर भएर गरिन्छ, त्यसैगरी मतदान पनि दिनुहुन आग्रह गर्नु भयो ।
प्रदेशसभा क का उम्मेद्वार केशवराज पाण्डेले कसैले आलोचना तथा इाुट्का खेती गरेर भोट माग्दै हिड्ने प्रवितिसँग सचेत हुनुपर्ने बताउनु भयो । उहाँले कसरी देशको ढुकुटीलाई बढाउन् सकिन्छ र देशलाई समृद्धि तर्फ लैजान् सकिने कुरामा जोड दिनु भयो ।
मेचीनगरका विभिन्न वडाहरुमा भएको कोणसभा तथा घरदैलो कार्यक्रम अन्तर्गत सामानुपातिक उम्मेद्वारद्धय तम्मर राई, गोपाल तामाङ्ग लगायतले बोलेका थिए ।
Trending
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला