झापा जिविस पदाधिकारीको काम कार्वाही शुरु


कनकाई अनलाईन ।
जिल्ला समन्वय समिति झापाका नव निर्वाचित पदाधीकारीहरुले कार्यभार ग्रहण गरेका छन् । झापा जिल्लाको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधीकारीहरुलाई निर्वाचित प्रमाण पत्र तथा सफत ग्रहण गराए पश्चात कार्यभार ग्रहण गरेका हुन् ।

प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले नव निर्वाचित सभापति सोमनाथ पोर्तेल तथा उपसभापति मिना घिमिरे पराजुलीलाई पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए भने सभापति पोर्तेलले अन्य सदस्यहरुलाई सफत ग्रहण गराए पश्चात कार्य कक्षमा पदभार ग्रहण गरेका हुन् ।
९ सदस्यीय जिल्ला समन्यव समिति रहेको झापामा सवै पदाधीकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भए पछि आजबाट औपचारिक रुपमा जिल्ला समन्वय समितिले नेतृत्व पाएको छ । सवै पदमा नेकपा एमालेले स्थान सुरक्षित गर्दै नेतृत्व लिएको हो ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू