कन्काई समाचारदाता
सुरुङ्गा , साउन ३० गते । लामो समयदेखि आएको अविरल वर्षा र विरिङ्ग र सुरुङ्गा नदिको कटानबाट विस्तापित बनेका कनकाई नगरपालिका क्षेत्रका ४० घरपरिवारका १ सय ५० जनालाई कनकाई नगरपालिका ७ दुर्गापुरस्थित भृकुटी माविमा कनकाई नगरपालिकाले खानेकुरा दिएर राखेका छन ।
नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४ दिनदेखि विस्तापितहरुलाई स्कुलमा राखिएपनि भदौ १ गतेदेखि स्कुल लाग्न सुरु भएपछि राख्न समेत समस्या हुने बताउँनुभयो ।
कनकाई नगरपालिका ६ , ७ र ८ का स्थानीयका ४० घर गत आईतवार विहान आएको वाढीले कटान गरी घरवारविहिन बनाएको थियो । वाढी घटेपनि प्राय धेरैको घर बस्नै नमिल्नेगरि क्षती पुगेको र पुन वाढी आउने त्रासले पिडितहरु घर जान डराइरहेको नगरप्रमुख पोखरेलले वताउनुभयो ।
यसैविच सुरुङ्गा सहकार्य युवा क्लव , कनकाई उद्योग वाणिज्य संघ , सुरुङ्गा जेसिज , रेडक्रस सोसाईटी सुरुङ्गाले पिडित परिवारलाई आवश्यक लत्ता कपडा र खानेकुरा वितरण गरेको सुरुङ्गा जेसिजका अध्यक्ष जविन तिम्सिनाले बताउँनु भयो ।
Trending
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान
- झापामा पत्रकार उपचार कोषमा १ करोड ११ लाख जम्मा