कनकाई अनलाईन ।
पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिको गर्दै कनकाई नगरपालिकाका मेयर तथा प्रतिनिधिले समेत जनतासग प्रतिनिधि कार्यक्रमको सुरुवात गरेका छन ।
पुर्व प्रधानमन्त्री ओलीले यस्तो कार्यक्रम नेपाल टेलिभिजनबाट हरेक हप्ता प्रत्यक्ष प्रशारण गरिने गरिएको थियो । कनकाईको कार्यक्रम हरेक महिनाको अन्तिम विहिवार फरकफरक स्थानमा गरिने गरिएको छ । यसपटक समेत विहिवार कार्यक्रमले निरन्तरता पाएको छ ।
नगरपालिकामा गरिएको कार्यक्रममा संचारकर्मी र सर्वसाधरणको उपस्थिति रहेको थियो । आवश्यकता अनुसार यस कार्यक्रमलाई नगरपालिकाका अन्य स्थानमा समेत नियमित गरिदै लगिने कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले वताउँनुभयो ।
यस कार्यक्रम निर्वाचन पहिले नेकपा एमालेले हरेक महिना यसरी सार्वजनिक सरोकारको विषयमा कार्यक्रम चलाइने घोषणापत्रमै उल्लेख गरेको र सोही घोषणापत्रको कुरालाई मेयर उपमेयरले निररन्तता दिएको नेकपा एमालेका कनकाई नगर सचिव युवानेता रविन्द्र लम्सालले बताउनुभयो ।
कनकाई नगरपालिकाको कार्यलय परिसरमा सम्पन्न कार्यक्रम नगर प्रमुख राजेन्द्र कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । नगर उपप्रमुख मन्जु प्रसाईले सहभागि सबैलाई स्वागत गरेको कार्यक्रममा सम्पूर्ण वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । सहभागीहरुले सडकको समस्या समाधान गर्न पहिलो प्राथमिकता दिइनु पर्ने बताएका थिए ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान