द्रोण अधिकारी
। नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले अपवित्र गठबनधनका रुपमा रहेको वर्तमान सरकार राज्य सत्ता दुरुपयोगमा तलिलन रहेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी झापाले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई चन्द्रगढीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दलीय स्वार्थ पूर्तिका लागि राज्य दोहन गर्ने वर्तमान सरकार घरमा पालिएको सुँगा जस्तै भएको व्यङग्य समेत गर्नुभएको हो ।
ओलीले भन्नुभयो बेला न कुबेला संविधान संशोधनको रटान ओकल्केर सत्ता स्वार्थ अगाडि राख्ने यस सरकारले नीति र नियमको धज्जी उडाएको छ । लोकतान्त्रिक पार्टी भन्ने अनि देश र जनतालाई घात गर्ने सम्झौता गरेर स्वार्थी राजनीति गर्ने दलहरुको गठबन्धन अपवित्र रहेकोले पनि संविधान संशोधन फेल हुने स्पष्ट पार्दै ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।
कुनै कुनामा बसेर एमाले विरुद्ध षड्यन्त्र गर्दैमा जनताले एमालेको पक्ष नछोड्ने भन्दै पूर्व प्रधानमन्त्री ओलीले नीति र विचारमा एमालेसित अरु दलले प्रतिष्पर्धा गर्नै नसक्ने बताउनुभयो ।
भरतपुर निर्वाचन परिणाम एमालेले जितेको भए पनि प्रहरी प्रशासनको दुरुपयोग गरेर काँग्रेस माओवादी गठबन्धनले जीत उल्ट्याएको आरोप लगाउँदै राजपालाई निर्वाचनमा जान नदिन वर्तमान सरकारले संविधान संशोधनको बखेडा झिकेको तर्क गनुभयो । उहा एमाले विरुद्ध मधेशका जनता भड्काएर निर्वाचन जित्ने काँग्रेस माओवादी सपना चकनाचुर हुने भन्दै लोकतान्त्रिक अभ्यासका लागि सवै पार्टी निर्वाचनमा आउनु पर्ने धारणा राख्नुभयो ।
स्थानीय तह निर्वाचनमा झापामा दुई तिहाई सिट जितेको एमालेले ७ वटा मात्र प्रमुख जित्नु लाजमर्नु अवस्था रेहेको भन्दै कार्यकर्ताहरुले सोच्नु पर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै महासचिव ईश्वर पोखरेलले एमालेको नेतृत्व विना देशका समस्या हल नहुने भन्दै सवै निर्वाचनमा एमाले पहिलो पार्टी बन्नुको बिकल्प नरहेको दाबी गर्नुभयो । उहाँले एमालेलाई सिध्याएर देशमा व्रम्हलुट मच्चाउने सपना पाल्ने पार्टीहरुको राष्ट्रघाती सोचको अन्त्यका लागि नेपाली जनताले सोच विचार गर्नु पर्ने बताउनुभयो ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी