गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका छन् । उनी ३ हजार ७ सय ४० मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
योसँगै झापामा राप्रपाले ३ स्थानीय तहमा जित निकालेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ ।
उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् ।
उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भए । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् ।
उनका निकटम प्रतिद्वन्दी एमालेकी उम्मेदवार मोनिका राईले २ हजार ८ सय १७ मत ल्याएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले बताए ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी