कनकाई अनलाईन
पहिलो चरणमा काठमाण्डौमा भएको निर्वाचनमा रन्जु दर्शना र उनको चुनाव चिन्ह इस्टकोट निक्कै चर्चामा रह्रयो । उमेरले भर्खर २१ वर्ष टेकेकी यी सुन्दरीको तार्किक वाक पटुकता र उनको दल विवेकशील नेपाली दलले पाएको सम्मानजनक २१ हजार वढी मतले देशमा चर्चा वटुल्यो ।
झापाको कनकाई नगर जो कहिल्यै बन्द हुदैँनका स्वतन्त्र पदका उम्मेद्धार भीमप्रसाद अधिकारीले समेत आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा इस्टकोट चुनाव चिन्ह पाएपछि अधिकारी समेत चर्चामा रहेका छन् । त्यसो त यस अगाडि समेत कनकाई अनलाईनले उम्मेद्धार घोषणा गर्नसाथ उनलाई रन्जु दर्शना सग तुलना गरेर समाचार प्रकाशन गरेको थियो ।
दुई पटक सुरुङ्गा गाविसको अध्यक्षमा निर्वाचित आजसम्म १ रुपैँयासम्मको घोटालाको दाग नलाग्नु तथा एमए सम्म अध्यान गरेका यी स्वतन्त्र उम्मेद्धार अधिकारीलाई कनकाईका सम्भावित मेयरका रुपमा हेरिएको छ । कनकाई नगरमा ठुला दलले ८० प्रतिशत जनसङ्ख्या रहेको साविक सरुङ्गाबाट मुख्य पदमा उम्मेद्धार दिन नसक्नु र पार्टी भित्रकै अन्तरविरोधका मत अधिकारीले ल्याउने तथा अधिकारी नगरभित्रकै लोकप्रिय उम्मेद्धार हुनाले समे उनले अत्याधिक मत ल्याउने आङ्कलन गरिएको छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान