म बाहेक कसैले भद्रपुर नगरपालिकाको विकास गर्न सक्दैँन – नवराज पनेरु भद्रपुर मेयरका उम्मेद्धार


 
वि सं २०३५ सालमा साविक पृथ्वीनगर २ मा जन्मिएका नवराज पनेरु (राजु) लोकतान्त्रिक राज्य व्यवस्थाको पक्षधर नेपाली काँग्रेसको पारिवारिक वातावरणमा जन्मिए हुर्किएका युवा हुन् ।

एक दशक यता उद्योग वाणिज्य संघ झापाको विभिन्न तहमा नेतृत्व गरिरहेका पनेरु हाल संघको झापा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिराखेका छन् ।

राजनीति र व्यवसाय दुवै क्षेत्रमा समान हैंसियत लिएर अगाडि बढी रहेका उनी एक कुशल व्यक्ति मानिन्छन् । जन्मसित जोडिएको काँग्रेसी राजनीतिलाई केही समय अगाडि चटक्कै त्यागेर एकाएक परम्परावादी पार्टीको छवि बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी चर्चा कमाएका पनेरु सो पाटीबाट भद्रपुर नगरको मेयर पदको उम्मेद्वार पनि हुन् ।

यस नगरमा रुपान्तरणका लागि जन जागरण अभियान सञ्चालन गर्न नयाँ संरचनापछिको पहिलो स्थानीय तह निर्वाचनमा भद्रपुर नगरको मेयर पदको दावेदारी गरिरहेका पनेरुसित कनकाई अनलाईनका लागि द्रोण अधिकारीले गरेको कुराकानी ।

तपाइको उम्मेदवारी किन आएको हो ?
सुनसान र सुसुप्त भद्रपुरलाई जगाउन मेरो उम्मेद्वारी आएको हो । यस नगरलाई सम्बृद्ध बनाउनका लागि म बाहेक कुनै पनि उम्मेद्वाले सक्ने छैनन् किनकी अरु उम्मेद्वार भनेका दलीय हस्तक्षेपबाट थिचिएका हुँदा उनीहरुले भद्रपुर नगरको उन्नति प्रगति सोच्न फुर्सद पाउने छैनन् । अहिलेसम्म भद्रपुर नगरले सम्बृद्धि प्राप्त गर्न नसक्नुका पछाडि दलीय स्वार्थले नेतृत्व हत्याउन हो । यस्तो संकुचनको अन्त्यका लागि मेरो उम्मेद्वारी आवश्यक परेर आएको हो ।

जनताले तपाईलाई पत्याउने आधार के के छन् ?
मलाई जनताले पत्याउने आधार धेरै छन् । म उदार जनप्रशासनको पक्षमा रहेको युवा हुँ मैले भद्रपुरको विकासका लागि दीर्घकालिन रणनीति तयार गरेको छु । यहाँ रहेका सुकुम्बासी, मजदुर समस्या हल गर्न नमूना बस्ताी बनाउने छु ।

एक घर एक रोजगारको नीति छ । त्यसका लागि मैले उद्योग र व्यापारको माध्यमबाट यी योजना पूरा गर्ने छु । किनकी म परिवर्तनको लडाँइमा भद्रपुरमै बसेर सक्रिय रुपमा लागि रहेको छु । पेशाको रुपमा व्यापारी भए पनि जनताका अधिकार र चाहनामा विचलित भएको छैन ।

समाज सेवाको एउटा पाटो उद्योग र व्यपार पनि थियो भने विभिन्न सामाजिक संघ संस्थामा रहेर पनि भद्रपुरका जनताको चेतना विस्तार र अधिकारका लागि निरन्तर काम गरेको हुँदा भद्रपुरका बासिन्दाले पत्याउने विश्वास छ । लक्ष्य सहितको प्रतिबद्धता बोकेको मेरो उम्मेद्वारीले भद्रपुरबासीबाट अनुमोदन पाउने विश्वास छ ।

सम्बृद्ध भद्रपुरको आधार के हो ?
सम्बृद्ध भद्रपुरको आधार भनेको उद्योग र व्यापारको विस्तार हो यी क्षेत्रबाट भद्रपुरमा बेरोजगारको समस्या हल हुने छ भने कृषिको आधुनीकीकरणबाट उद्योगका लागि आवश्यक कच्चा पदार्थ यहीँबाट उत्पादन गरेर कृषि उद्योग स्थापित गर्न सकिन्छ ।

यो नै भद्रपुर नगरको सम्बृद्धिको आधार हो । जहाँ मैले भद्रपुर नगरको नेतृत्व लिन अवसर पाएँ भने यी योजनाहरु कार्यान्वयनमा आउने छन् । यसैगरी भद्रप्ुरको व्यापारिक स्तर माथि उठाउन मेचीपुल र मेची राजमार्ग एवम् हुलाकी सडकको निर्माण प्रमुख रुपमा रहेको छ ।

 

मेरो उम्मेद्वारी अवसरवाद होइन यो त समय र परिस्थतिको उपज हो । काँग्रेसी राजनीतिमा म र मेरो परिवारले लामो देन दिएको छ तर केही व्यक्तिको स्वार्थले हाम्रो योगदानको अवमूल्यन गरिरह्यो ।

जसलाई निर्माण सम्पन्न गराउनका लागि मेरो खवरदारी रहने छ । यस नगरका गरिब, मजदुर तथा सिमान्तकृत वर्गको जीवनस्तर उकास्न कृषिको उन्नतति र व्यावसायिकीकरण हो । जसका लागि मैले नगरबासीसित इमान्दार भएर प्रतिबद्धता राखेको छु ।

नगरबासीको जीवनस्तर उकास्ने महत्वपूर्ण योजना के के छन् ?
देश कै पुरानो नगर भद्रपुरका बासिन्दाहरुको आर्थिक स्तर उकास्न रोजगारीका लागि अवसरहरु व्यापार र उद्योग प्रर्वधन जरुरी छ । यहाँ यही आधारमा अवर धेरै छन् ।

ती अवरको सदुपयोग गर्नेे वातावरण बनाउने नेतृत्व मबाट मात्र संभव छ । यस नगरका गरिब र सुकुमम्बासीको संरक्षणका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने छु । सदरमुकामको एक मात्र सरकारी अस्पताल मेची अञ्चल अस्पतालको स्तरबृद्धिलाई निरन्तर अगाडि बढाएर गरिबीबाट पीँडितको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा राखेको छु ।

पैसाको अभावमा मर्ने वातावरण अन्त्य गर्ने छु भने गरिबीको कारणबाट शिक्षालय जान नपाउनेहरुको अवरोध अन्त्य गराएर शिक्षा लिने वातावरण तयार गर्ने छु । यिनै काम गरेर नगरबासीको जीवन उकास्न सकिन्छ ।

तपाईको उम्मेद्वारीलाई अवसरवाद भन्ने आरोप छ नि ?
मेरो उम्मेद्वारी अवसरवाद होइन यो त समय र परिस्थतिको उपज हो । काँग्रेसी राजनीतिमा म र मेरो परिवारले लामो देन दिएको छ तर केही व्यक्तिको स्वार्थले हाम्रो योगदानको अवमूल्यन गरिरह्यो ।

लोकतान्त्रिक व्यवस्था अंगिकार गरेको पाटीमा व्यक्तिवादले हालीमुहाली गरिरहुञ्जेल काँग्रेस काँग्रेस रहँदैन । यस अवस्थाको विद्रोह नै वैकल्पित राजनीतिक शक्तिमा मेरो प्रवेश र उम्मेद्वारी आएको हो । यहाँ कसरी अवसरवाद जोडिन्छ ? यस नगरपालिकामा निर्वाचन जित्ने त धेरै आए गए तर जन चाहनामा आधारित काम गर्ने कोही भएन ।

केही गर्छु भन्नेहरु कार्य गर्ने जिम्मेवारी र अवसरमा देखिएनन् । सम्बृद्ध शहर भद्रपुर हुनका लागि म जस्तो अठोट बोकेको युवाले नगर बनाउने अभियान पूरा गर्ने अवसर पाउनु पर्छ । यो नगर बनाउन अन्य दलबाट सम्भव नभएकोले म नै नगर नेतृत्वको हकदार हुँ जस्तो लाग्छ ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू