खगेन्द्र घिमिरे
झापाको काकरभिट्टा स्थित मेची नेत्रालयले आफ्नो १० औँ उत्सवको अवसर पारेर काँकरभिट्टा माबिका दुई सय विद्यार्थीहरूलाई आज ब्याग वितरण गरेको छ ।
बिरामीको आखाको उपचार सँगै विभिन्न सेवा मूलक कार्य गर्दै आएको नेत्रालयले विद्यालय परिसरमै गएर गरिब विपन्न विद्यार्थीहरूलाई ब्याग वितरण गरेको हो । गर्ने जनाएको छ । मेडिकल डाईरेक्टर डा.शरदचन्द राई र प्रशासन प्रमुख पुनम राईले सयुतm रूपमा विद्यार्थीहरूलाई ब्याग वितरण गर्नु भएको हो ।
सो अवसरमा बोल्दै डाईरेक्टर राईले अस्पतालले सामाजिक सेवाको क्षेत्रमा सहयोगी कार्य गर्ने बताउनु भयो ।ब्याग वितरण कार्यक्रममा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष तमर राई,विद्यालयका प्रअ तुलसीप्रसाद निरौला,नेत्रालयका डा शरदचन्द्र राई,पुनम प्रधान लगायतले बोल्नु भएको थियो ।
साथै १० औँ वार्षिक उत्सव मनाउँदै गरेको नेत्रालयले असार ११ गते देखी १६ गते सम्म अस्पतालले दिने सबै खालका उपचार सेवामा २५ प्रतिशत छुट गर्ने अस्पतालका मेडिकल डाईरेक्टर डा.शरदचन्द राईले बताउनु भयो ।
यो सँगै जेष्ठ नागरिक सम्मान सहित विपन्न वर्गका मानिसको निःशुल्क आँखा उपचार गर्ने समेत बताउनु भयो । विगत १० वर्षदेखि आँखाको गुणस्तरिय सेवा प्रधान गर्दै आएको मेची नेत्रालयले विगत ५ वर्षदेखि अस्पतालले ६० वर्ष नाघेका जेष्ठ नागरिक र १० वर्ष मुनिका वालवालिकाहरुलाई निःशुल्क परामर्श सेवा समेत दिँदै आएको छ । सो आँखा हस्पिटलमा ५० शैयया र ६३ जना कर्मचारी रहेका छन् । हस्पिटलमा ७० प्रतिशत भारतीय नागरिक आउने बताइएको छ ।
सो हस्पिटलले हाल जेनेरल अप्थाल्मोलोजी,भेट्यिो रेटिना क्लिनिक,कोर्निय क्लिनिक लगायतको सेवा प्रदान गर्दै आएको छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान