वैद्य माओवादीको विर्तामोड मेयरमा वुडाथोकी
कनकाई संवाददाता
। नेपाल देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले झापाको विर्तामोडबाट मेयर पदमा बालकृष्ण बुडाथोकीलाई मेयरमा उठाउने निर्णय गरेको छ ।
मोहन वैद्य समुह नेतृत्वको क्रान्तिकारी माओवादीले निर्वाचन आयोगमा निर्वाचनमा सहभागि हुनका लागि यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेको हो । पार्टीले विर्तामोडमा एक कार्यक्रमको आयोजना गरि यो नाम सार्वजनिक गरेको हो । वुडाथोकी सो पार्टीका जिल्ला सचिवालय सदस्य तथा चिया मजदुर संगठनका केन्द्रिय अध्यक्ष समेत हुन् । वुडाथोकीले आफुले चुनाव जितेमा अव्यवस्थित विर्तामोडलाई हरावरा शहरका रुपमा विकास गरिछाड्ने वताउँनुभयो ।
यसैगरि मोर्चाकै तर्फबाट कनकाई नगरपालिकाको उपमेयरको उम्मेद्धारका रुपमा हरिभक्त संग्रौलालाई पार्टीले स्थानीय निर्वाचनमा उठाउने निर्णय गरेको पार्टीले जनाएको छ ।
Trending
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी