ताजा अपडेट
Home / मुख्य खबर / झापाका १५ स्कुल तालाबन्दी

झापाका १५ स्कुल तालाबन्दी

विर्तामोड। शैक्षिक बिकृती अन्त्यको माग गर्दै आन्दोलनरत बिद्यार्थी संगठनहरुले झापाका चर्चित १५ वटा बिद्यालयमा तालाबन्धी गरेका छन् ।

शिक्षा ऐन र नियमावली बिरुद्व सञ्चालित बिद्यालयमा बिद्यार्थी संगठनको केन्द्रको सर्कुलर बमोजिम तालाबन्धी गरिएको बिद्यार्थी नेताहरुले जनाएका छन् ।

अनेरास्वबियू, नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तिकारीको बिद्यार्थीको टोलीले विर्तामोडका न्यूटन्स, लिटल फ्लावर, इडेन गार्डेन, बुद्व स्मृती, बाल्मिकी, चारआलीको सेन्ट पल्स, लिटल एन्जल र सरस्वती एन्जलमा तालाबन्धी गरेको जनाएका छन् ।

यसैगरी धुलावारीको इष्ट होराइजन र हिमालयन, सुरुङ्गाको पशुपती, हरिकुल र प्यारागन बोर्डिङ स्कुलमा तालाबन्धी गरिएको अखिल क्रान्तिकारी झापाका कार्यबाहक अध्यक्ष अनिल सुवेदीले जानकारी दिए ।

उनले भोली प्याब्सन र एन प्याब्सनको कार्यालयमा समेत तालाबन्धी गरिने बताए ।

तालाबन्धी गरिएका बिद्यालयहरुले बिद्यालय हाताभित्र शैक्षिक सामग्री बेचबिखन गरेको, बिद्यार्थीले लगाउने यूनिफर्म समेत महङगो मुल्यमा बेचबिखन गर्ने गरेको, शिक्षा कार्यालयको निर्देशन बिपरीत शुल्क असुलेको, शिक्षा नियमावली र शिक्षा ऐन पालना नगरेको आरोप बिद्यार्थीले लगाएका छन् ।

बिद्यार्थीले अनियमित ढंगले सञ्चालनमा आएका बिद्यालयका लेखा र प्रधानाध्यापकको कक्षमा तालाबन्धी गरेको जनाएका छन् ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …

One comment

  1. taja news update garnu parne bhayo sir