ताजा अपडेट
Home / मुख्य खबर / सुरुङ्गामा दिउसै चोरी गाउँलेले फेला पारे भकारीभित्रै चोर

सुरुङ्गामा दिउसै चोरी गाउँलेले फेला पारे भकारीभित्रै चोर

 
कनकाई अनलाईन /
कनकाई नगरपालिका  ३ सुरुङ्गा कनकाई टोलमा  आज दिउसै चोरी भएको छ ।
झापा विर्तामोडका एक भण्डारी थरका करिव वर्ष १८ का एक युवकले स्थानीय सन्तोस थपलियाको घर फुटाइ भाग्ने क्रममा छिमेकी मनिस माझिको घरभित्रको भकारीमा केहि चोरी गरेको गहना सहित  लुकेर वसेको अवस्थामा गाउँलेले पक्राउ गरि इलाका प्रहरी कार्यालय सुरुङ्गालाई बुझाएका छन् ।

घरमा कोहि नभएको अवस्थामा घरको ढोका फुटाएर भाग्न खोज्दा गाउँलेले उनलाई लखेटेका थिए , चोरी गरि भागेका ती युवकलाई माझीको घरभित्र भकारीमा लुकेको अवस्थामा फेला पारेका थिए ।

ती चोरी गर्ने युवकले आफ्नो घर विर्तामोड नयाँ वसपार्कमा रहेको र गरिवीको कारण आफु चोरीमा लागेको वताए ।
फोटो ः भकारी भित्र लुकेर वसेको वेला गाउँलेको फन्दामा परेको चोर ः तस्वीर लीला

Facebook Comments

Check Also

कनकाई सामुदायिक वनको आगो नियन्त्रणमा

कनकाई अनलाइन झापाको कनकाई सामुदायिक वन समुहभित्र लागेको आगो नियन्त्रणमा आएको छ । आज आइतवार …