कनकाई अनलाईन
झापाको सुरुङ्गास्थित टप्पुमा आज राती अत्याधिक मादक पदार्थ सेवन गरेर मोटरसाईकल कुदाउदा एक युवाको अनाहकमै ज्यान गएको छ ।
कनकाई नगरपालिका ३ टप्पुमा घर आउने क्रममा राती १२ बजेतिर मोटरसाईकल अनियन्त्रितभई बाटोबाट तल झरेको थियो , जसमा मे ५ प ९१५८ नम्बरको मोटरसाईकल र मोटरसाईकलका चालक कनकाई नगरपालिका का ३ का १९ बर्षका हपन मुर्मुको घटना स्थलमै मृत्यु भएको छ । उनी सगै पछाडि रहेका अर्का साथीसमेत दुर्घटनामा परि घाइते भएको र पछि होस खुल्लानाथ विहान ५ बजे आफ्फै प्रहरीमा पुगेर घटनाका वारेमा जानकारी गराएका थिए ।
प्रहरीले घटनाको मुचुल्का र अनुसन्धान थालेको जनाएको छ । मृतक मुर्मु ढलान मिस्त्री काम गर्ने गर्दथिए भने उनले चलाएको मोटरसाइकल उनको बढाउको भएको बुझिएको छ ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै