ताजा अपडेट
Home / खेलकुद / सुरुङ्गामा सुपर सिक्स क्रिकेट हुने

File Photo

सुरुङ्गामा सुपर सिक्स क्रिकेट हुने

कनकाई अनलाइन/सुरुङ्गा

पछिल्लो समय क्रिकेटमा सर्वाधिर्क लोकप्रिय मानिदै आएको सुपरसिक्स प्रतियोगिताको एकदिने संकरण सुरुङ्गामा शनिबार भोली हुने भएको छ ।

कनकाई सचेत युवा क्लव कनकाई ४ इलुवावारी र ह्वाइट वास क्रिकेट क्लव कनकाईको आयोजनामा कनकाई माविको खेलमैदानमा हुने सो प्रतियोगितामा पुर्वाचलक्षेत्रका १६ टिमको सहभागिता रहने आयोजक समितिका खेलकुद संयोजक रमेश रिजालले बताए ।

प्रतियोगिताको प्रथम र दिद्धिय हुने टिमले नगद १५ हजार र १० हजार तथा शील्ड र प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष निशेष ओलीले बताए ।

सो प्रतियोगितमा राष्ट्रिय खेलाडीहरु सिद्धार्थ लोहनी मेहबुव आलम लगायातको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन शनिबार विहान ८ बजे कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले गर्दैछन् ।

Facebook Comments

Check Also

नमुना युवा क्लव सुरुङ्गाको अध्यक्षमा बजगाईँ

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ३ स्थित नमुना युवा क्लवको प्रथम साधरणसभा सम्पन्न भएको छ …

One comment

  1. Kasle Jitchha Pani Lekhnu hola hai kanakai online sir