लीलाराज झापाली
कनकाई अनलाईन , मंसिर १ गते । सतविउ छर्न पुर्वको चर्चित धार्मिक क्षेत्र अर्जुनधाराधम जानेक्रममा माइक्रोको ठक्करबाट झापा दमक ३ का एक दम्पतीको मृत्युभएको छ ।
पुर्वपश्चिम राजमार्गको कनकाई नगरपालिका १ जुके कल्भट भन्ने स्थानमा शुक्रवार करिव ७ ः ३० वजे पश्चिमबाट पुर्वतर्फजादै गरेको मे १ प ९८९९ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जादै गरेको बा ३ ख ५८८७ नम्बरको यात्रुवाहक वसले ठक्कर दिदाँ मोटरसाईकलमा सवार दम्पती दमक नगरपालिका ३ निवासी ५३ वर्षिय रङ्गलाल ढकाल र उनकी श्रीमती ५२ वर्षिय मनमाया ढकाल रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक प्रदिपसिंह क्षेत्रीले बताउँनुभयो । मृतक दुवैको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा लैजानेक्रममा वाटैमा निधन भएको थियो । ठक्कर दिने वस र चाललकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।
कनकाई नगरपालिकामा पर्ने यस क्षेत्रका सुरुङ्गा , दुर्गापुर सडकखण्ड अत्याधिक दुर्घटनाग्रस्त क्षेत्र मानिदै आएको छ ।
Trending
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला