ताजा अपडेट
Home / रकम वाढ्दा वाढ्दै झापा गाउँपालिकामा काग्रेस कार्यकर्ता रङ्गेहात पक्राउँ

रकम वाढ्दा वाढ्दै झापा गाउँपालिकामा काग्रेस कार्यकर्ता रङ्गेहात पक्राउँ

 
कनकाई अनलाईन
मौन अवधि सुरु भएपछि गएराती दक्षिणी सिमाना झापा गाउँपालिकामा काग्रेसका कार्यकर्ता भोट खरिदका लागि रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् ।

झापा गाउँपालिका १ नम्बर वार्ड ग्वालाटोलका स्थानीय कांग्रेस कार्यकर्ता मोहमद अली हुसेन रकम वाढ्नेक्रममा पक्राउँ परेका हुन् । उनलाई रकम वाढ्नेक्रममा माओवादी केन्द्र , एमाले र संघिय समाजवादी फोरमका कार्यकर्ताले नियन्त्रणामा लिएका थिए , भने उनलाई इलाका प्रहरी कार्यलय कुमरखोदले पक्राउँ गरी प्रहरी नियन्त्रणमा लिएको छ ।

उनले प्रति भोट १ हजार नेपाली रुपैँयाका दरले वितरण गर्ने गरेको स्वीकार गरेका छन् । प्रहरीले सत्यतथ्य बुझेपछि हुसेनलाई थप कार्वाह ीगर्ने वताएको छ ।

स्मरण छ पक्राउँ पर्ने अली केहि दिन पहीलेमात्रै एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पक्राउँ परेका अलीले इलाका प्रहरी कार्यलयमा कनकाईकर्मी सगको भेटमा आफुलगायात पार्टीका अन्य ७ जना सार्थीलाई पार्टीका वडाअध्यक्षका उम्मेद्धारले सो रकम चुनाव खर्चका लागि दिएको तर अर्का कांग्रेकाका कांर्यकर्ता लक्ष्मी यादवले भने रकम वितरण गरेको उनले वताए ।

यादवले वितरणका लागि ३ लाख नेपाली रुपैया लिएर गएको समेत उनले वताए । यसैविच दक्षिणी बजारमा रकम नवाढी चुनाव नजित्ने प्राय असम्भव रहेको एक कांग्रेसका कार्यकर्ताले वताए ।

यहाँका जनतालाई साडी र पैँसा चाहिएको छ विकास होइन यो चलन वर्षौ पहिलेदेखिको हो नाम नबताउने सर्तमा एक कांग्रेसका कार्यकर्ताले भने । यो सगै झापामा झापा गाउँपालिका निर्वाचन उल्लघनमा पहिलो नम्बरमा परेको छ मौन अवधिभरमा मात्रै यस क्षेत्रमा दर्जनको सङ्ख्यामा ठुला साना निर्वाचन झड्प भएको छ ।

 

स्मरण छ पक्राउँ पर्ने अली केहि दिन पहीलेमात्रै एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पक्राउँ परेका अलीले इलाका प्रहरी कार्यलयमा कनकाईकर्मी सगको भेटमा आफुलगायात पार्टीका अन्य ७ जना सार्थीलाई पार्टीका वडाअध्यक्षका उम्मेद्धारले सो रकम चुनाव खर्चका लागि दिएको तर अर्का कांग्रेकाका कांर्यकर्ता लक्ष्मी यादवले भने रकम वितरण गरेको उनले वताए ।

जसमा एमालेका २ कार्यकर्ता विनोद तामाङ्ग र डम्बर राई घाईते भएका छन् । भने एमालेका अर्का कार्यकर्ता श्याम दर्नाललाई प्रहरीमाथि अभद्र व्यावहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । झापा गाउँपालिकाको निर्वाचन आचारसंहिता उल्लघनका विषयमा निर्वाचन कार्यालय झापाले मंगलवार विहान सर्वपक्षिय छलफलको आयोजना गरेको छ । झापामा यसअघि समेत कचनकवलमा कांग्रेस कार्यकर्ताले रकमा वाढेका थिए ।
तस्वीर रकम सहित पक्राउ परेका हुसेन र निर्वाचन आचारसंहिता उल्लघनका विषयमा राखिएको सर्वपक्षिय छलफल