ताजा अपडेट
Home / Main News / प्रदेश भलिवलको उपाधि गौरादहलाई

प्रदेश भलिवलको उपाधि गौरादहलाई

कनकाई अनलाईन
झापाको शरणामतीमा सम्पन्न प्रदेशस्तरीय भलिवल प्रतियोगिताको उपाधि गौरादहले जितेको छ ।
सम्पन्न फाइनल खेलमा आयोजक झापा गाउपालिकाको टिमलाई पराजित गर्दै गौरादहले ६१ ह्जार नगद सहितको उपाधि रक्षा गरेको हो । उपविजयी बनेको झापा गाउँपालिकाको टिमले भने ४१ ह्जार नगद र दोस्रो पुरस्कारमै चित्त बुझायो । हरेक बर्ष तिहारको अवशरमा झापाको शरणामतीमा भलिवल प्रतियोगितको आयोजना गरिदै आएको झापा गाउपालिका भलिवल युवा परिवारका अध्यक्ष दिपक राइले बताउनुभयो । फाइनल खेलमा ३ /१ को सेटले झापा गाउपालिकालाई हराउदै गौरादहले उपाधि रक्षा गरेको हो । खेलको पहिलो तेस्रो र चौथो सेट गौरादहले जितेको थियो भने दोस्रो सेटमात्रै झापा गाउँपालिकाले जितेको हो ।

गौरादहले आफ्नो सेट २३ /२५ , १९/२५ र २०/२५ ले जित्यो भने झापा गाउँपालिकाले एकमात्रै शान्तना सेट १८/२५ ले जितेको थियो । प्रतियोगिताको विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरियो । प्रतियोगिताकै सबोकृष्ट खेलाडी आयोजक झापा गाउपालिकाका रोहित शिवाकोटी बने उनले नगद २५ सय सहित मेडल र कप पाए । यसैगरि प्रतियोगिताका उत्कृष्ट स्पाइकर गौरादहका राजु तामाङ्ग , उत्कृष्ट लिब्रो गौरादहकै सुजल कटुवाल , र ब्लकर गौरादहकै दिपेन मल्लिक भए भने उत्कृष्ट सरोवर पाख्रिवासका पवन थापा र उत्कृष्ट लिफ्टर सिदिङ्गबाका मिलन लिम्बु भए उनीहरुले नगद १ हजार सहित पुरस्कार पाए । उनीहरुलाई झापा गाउँपालिकाका वडाअध्यक्ष हरिबहादुर बानिया , कनकाई उद्योग बाणिज्य संघका महासचिव सोमनाथ उप्रेती , नेपाल भलिवल संघका पुर्व वरिष्ठ उपाध्यक्ष गजेन्द्र ताम्ली लगायातले नगद र पुरस्कार ट्रफि वितरण गर्नुभयो । झापा गाउँपालिका भलिवल युवा परिवारको आयोजनामा शरणामतीको स्थानीय जनतामाविको खेल मैदानमा गत कार्तिक २० गतेदेखि २२ गतेसम्म प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रदेश नम्बर १ का विभिन्न १३ टिमको सहभागिता रहेको थियो ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …