ताजा अपडेट
Home / Main News / नमुना युवा क्लव सुरुङ्गाको अध्यक्षमा बजगाईँ

नमुना युवा क्लव सुरुङ्गाको अध्यक्षमा बजगाईँ

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित नमुना युवा क्लवको प्रथम साधरणसभा सम्पन्न भएको छ ।
२०७३ सालमा यस क्षेत्रका सक्रिय युवाको समुहद्धारा गठन गरिएको क्लवले विकृति रहित समाज र अग्रजलाई सम्मान लगायातका गतिविधि गर्दै आएको छ । शनिवार भएको चुनावी साधरणसभाबाट क्लवले रामप्रसाद बजगाईँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको समेत चयन गरेको छ ।
क्लवको वरिष्ठ उपाध्यक्षमा गंगाकुमार श्रेष्ठ उपाध्यक्षमा मंन्जु ढकाल , सचिवमा हिमाल बिष्ट , सहसचिवमा उषा विष्ट , कोषाध्यक्षमा थिरबहादुर मल्ल र सदस्यहरुमा प्रेमकुमार कार्की , रोषन विष्ट , नितेश राई , कृष्ण बस्नेत , तारा कार्की , दिवश कार्की , बन्दना बस्नेत , दिपेश मगर र कमल सुवेदी रहेका छन । यसैगरि क्लवले संस्थापक अध्यक्ष दिपक भट्टराइको संयोजक तथा दुर्गाप्रसाद प्रसाईलाई उपसंयोजकका रुपमा ५ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ ।

संस्थाका अध्यक्ष दिपक भट्टराईको अध्यक्षता तथा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष भट्टराइले आफ्नो कार्यकालमा क्लवले गरेका काम कार्वाहीहरु र भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कनकाई नगरपालिका ३ नम्बर वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , शिव पांञ्चायान मन्दिरका अध्यक्ष रामबहादुर न्यौपाने , समाजसेवि लक्ष्मी भेट्वाल लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले नगरपालिकाभित्रका युवाको क्षमता र बृद्धिविकासमा नगरपालिकाले सक्दो मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । नवनिर्वाचित कार्यसमितिलाई दुर्गा प्रसाईले पदको सपथ खुवाउनुभएको थियो ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *