ताजा अपडेट
Home / Main News / कनकाई वनमा देश विदेशका लाखौ पर्यटक भित्राउने वातावरण बनाउँछु ।

कनकाई वनमा देश विदेशका लाखौ पर्यटक भित्राउने वातावरण बनाउँछु ।

अध्यक्ष ख्याम ओली कनकाई सामुदायिक वन सुरुङ्गा ।
ख्याम ओली (४६) कनकाई सामुदायिक वन समुहका अध्यक्ष हुनुहुन्छ । वन हस्तानतरणका हिसावले तराइकै पहिलो यस सामुदायिक वनमा रहेको बाघे सिसौँ नेपालमै मुल्यावान काठमा पर्दछ । देशकै पवित्र कनकाई माइको किनारमा रहेको यस वनलाई जडिबुटी संग्रालय र आन्तरिक तथा वाह्य पर्यटकका लागि समेत आकर्षकणको केन्द्र बनाउने सोचमा हुनहुन्छ अध्यक्ष ओली र सिङ्गो वन समिति । भर्खरै पाथिभरा विकास समितिका सदभावना दुत समेत हुनुभएका ओली हाल कनकाई उद्योग बाणिज्य संघका सचिव समेत हुनुहुन्छ । उहाँद्धारा संचालित होटल डिलाइट पर्यटनका हिसावले उच्च कोटीको मानिन्छ । जसमा नेपालका प्रधानमन्त्री लगायात उच्च पदस्थ कर्मचारी स्वदेशी विदेशी पर्यटकहरु यस होटलमा बसि सक्नुभएको छ । लामो समय नेपाली सेना तथा विदेशी भुमिमा समेत युद्ध लड्नुभएका ओली अब बाकी जिवन भने आफ्नो जन्मभुमि सुरुङ्गाकै बृद्धिविकासमा लगाउने बताउनु हुन्छ । आफ्नो कार्यकालकै पहिलो बर्षमा जिल्लामै प्रथम कनकाई सामुदायिक वनलाई वनाउन सफल हुनुभएका ओली सग गरिएको कुराकानी ।

१) तराइकै पहिलो सामुदायिक वन हालसालै जिल्लामै प्रथम पनि हुनुभयो यस वनमा त्यस्तो के छ यसका वारेमा वताइदिनुहोस न ?
यो सामुदायिक वन तराइकै पहिलो हस्तानन्तरिक वन हो । तत्कालिन वनमन्त्री विरमणि ढकालले २०४९ सालमा वन उपभोक्तालाई हस्तानतरण गर्नुभएको हो । जसबेला यस वनको संस्थापक अध्यक्ष केदार गिरी रहनुभएको थियो । यो देशकै पुरानो वन हो , जहाँ लोप भइसकेका प्रजातिका सिसौ जातको काठ पाइन्छ जुन नेपालमै कमैमात्र ठाउँमा पाइन्छ । जुन वन कनकाई माइको तटमा रहेको छ भने चुरे भावर क्षेत्रसग नजिक्कै जोडिएको पाइन्छ । भने धार्मिक स्थलसग पनि गासिएको छ । जहाँ पवित्र धार्मिस्थल कोटिहोम , धनुषकोटीधाम , कनकाई नदि , धेरै मन्दिरहरुले घेरिएको छ । यो करिवन २६७.६ हेक्टर क्षेत्रमा फैलिएको यस सामुदायिक वनमा बाधे सिसौको साथमा खयर , विभिन्न जडीबुटी , देशमै कहिल्यै बन्द नहुने यस कनकाई नगरको सुरुङ्गाको मुटुमा रहेको यस सामुदायिक वन सौन्दर्यको हिसाबले वातावरणीय हिसावले महत्वपुर्ण वन हो । जुन वनलाई हामीले पर्यापर्यटनका हिसावले अगाडि लैजादै छौ । वनबाट आनन्द मात्रै होइन सिक्ने थलोका रुपमा समेत यसलाई लैजाने सोचमा छौ ।

हामीले यसलाई बृक्षारोपण गर्ने र हरियाली बनाउने र यसलाई सर्पोट गनैका लागि पार्कहरु निर्माण गर्ने , यस क्षेत्रमा साइन्स सिटी पार्कको निर्माण गर्ने तयारी हामीले थालेका छौ । हामीले यहाँमात्रै नभएर देश विदेशबाट समेत आउने विद्यार्थी भाइबहिनीहरुका लागि एउटा राम्रो ज्ञानवद्धन साइन्स सिटी पार्कको अवधारणा बनाएका छौ । यहाँ हामीले नेपालका सम्पुर्ण १२६ प्रकारका जनजातिहरुको पुर्खाहरुको पहिचान झल्कने शालिक बनाएर यसलाई जंगल सफारीका रुपमा यस वनलाई विकसित गरेर लैजाने योजना हामीले बनाएका छौ ।

यसका लागि नेपाल अधिराज्यभरीका पर्यटकहरुलाई यस क्षेत्रमा ल्याउने हाम्रो योजना छ । साथै देशबाहिरका पर्यटकहरुले समेत हाम्रो यस क्षेत्र हेरर मनोरन्जन र ज्ञान प्राप्त गर्ने छन । त्यो वातावरणको श्रृजना हामी गर्ने छौ । हामी जतिपनि जनजातिहरु छौ त्यी सबै जनजातिहरुको साझा हवका रुपमा हामी यस कनकाई सामुदायिक वनलाई विकसित गर्ने छौ । जनजातिहरुको पुखौली थलो , जंगल सफारी र केहि स्थानलाई हामीले खुल्ला चिडियाखानाका रुपमा समेत यस वनलाई विकसित गर्दै लैजाने छौ । जंगलको सबैतिर अग्निपथमा आकर्षक डिजाइन समेत गरेर हिड्नमिल्न् स्थान हामी बनाउदै छौ । बच्चाहरुका लागि त्यी ठाउँहरु बनाइने छ ।

२) जंगल सफारीको कुरा गर्नुभयो यसका लागि के कस्तो कार्यक्रम अगाडि बढाउनुभएको छ ?
यसको लागि मेरो नेतृत्वको टिम बनमा निर्वाचित भएको ठिक एक बर्ष पुगेको छ । हामीले निर्वाचनका बेला हाम्रा केही फरक एजेण्डाहरु थिए । घोषणा पत्रमा हामीले उल्लेख गरेका थियौ । घोषणापत्रमा लेखिएका धेरैवटा कामहरु हामीले एकवर्षभित्रमा पुरा पनि गरेका छौ । वाकी रहेका थप योजनाहरुको काम हाम्रो असोजदेखि सुरु हुन्छ । यसको डिपिआर बनाउन गइरहेका छौ कस्तो किसिमको पार्क बनाउने , सफारीका वारेमा हामीले योजना बनाइसकेका छौ अव यसलाई डिपिआर सहितको काम असोजमा सुरु गरिने छ ।
३) सुरुङ्गाको बाधे सिसौ जुन देशमै लोभ हुन लागेको छ , भावी पुस्ताका लागि पनि हस्तानतरणका लागि खास योजना के बनाउनु भएको छ ?
यसका लागि वन क्षेत्र घेराबारा , वृक्षरोपण , र चोरी निकासी नियन्त्रणलाई कडाइका साथ लागु गरेका छौ । बनको प्रमुख सत्रुका रुपमा रहेको डडेलो नियन्त्रणलाई यस बर्ष हामीले सुन्यमा झार्न सफ लबनेका छौ । चोरी रोक्न वनमा सिसि क्यामेरा जडान र वनमा सोलार बत्ती हाल्ने काम गरिसकेका छौ यो क्रम जारी छ । अर्को महत्वपुर्ण कुरा हामीले सिसौ मर्नका कारण पत्ता लगाउन माटो परिक्षण गर्ने , सोहि अनुसारको औषधी उपचार र विरुवा रोप्ने सिचाइका लागि कनकाई माईबाट पुर्व तर्फ पाइपबाट पानी ल्याएर यस वन क्षेत्रलाई सिचाइ गर्ने हाम्रो काम हुनेछ यी सब काम मेरो कार्यकालमै सुरु र लागु गरेर लैजाने छ ु । सिसौ प्रजातिलाई यस जंगलमा माटो अनुकुल नभएको खण्डमा अरुनै विरुवा रोप्ने योजना छ । दक्षिणी क्षेत्र ब्लक नम्बर १ र २ मा हामीले जडिबुटी रोप्ने काम गरेका छौ । यसलाई धार्मिक बृक्ष र जडिबुटीको संग्राहलयका रुपमा यस क्षेत्रलाई विकसित गर्दै लैजाने लक्ष्य हामीले बनाएका छौ , जसका लागि काम समेत सुरु भइसकेको छ ।

४) तपाइको कार्यकाल १ बर्ष बित्यो यस १ बर्षे कार्यकाललाई कसरी मुल्याङ्गन गर्नुहुन्छ ?
त्यसवेला ठिक एक वर्ष पहिले भदौ १० गते निर्वाचन भएको थियो यस वनको सबै राजनैतिक दलका साथीहरुले हामीलाई हाम्रो टिमलाई साथ दिनुभएको थियो । यो सबैको साथ सहयोगमै बनेको समिति भएकाले पनि सबैको साथ र सहयोग पनि पाइनै रहेको छ । यस अर्थमा म पनि एक भाग्यमानी अध्यक्ष मान्छु । मैले सफत ग्रहण गर्दै गर्दा सम्पुण पार्टी प्रतिनिधि र उपभोक्तामाझ प्रतिवद्धता जाहेर गरेको थिए । सबै प्रतिनिधिहरुको प्रतिक्रिया र सुझावलाई साझा धारणा बनाएर एउटा प्रतिवद्धता जनाएको थिए । त्यसवेला मैले जेजे कुराहरु बोलेको थिए अधिकांसलाई मैले पुरा पनि गरेको छु । यसकारण यो सफलताको पछाडि सम्पुर्ण उपाध्यक्ष ललितबहादुर कार्की , सचिव मान्ता खरेल , सहसचिव श्रीप्रसाद खरेल , कोषाध्यक्ष प्रकाश थापा लगायात सिङ्गो कार्यसमिति र सदस्य उपभोक्ता सबैको साझा पहलकदमी रहेको छ । म आउनु पहिला कार्यालयको जुन सिस्टम थियो त्यसलाई हटाएर सबै आधुनिक र कम्युटर प्रविधिमा लगेको छु । काठ वितरण प्रणालीमा समेत कम्युटर प्रणालीमा लगेर न्यायचित वितरण गर्ने गरेको छु ।यी सबै कामहरुलाई अनलाईन सिस्टममा लगिएको छ । अर्को कुरा उपभोक्ताकै माध्यमबाट पुरानो शैलीबाट जंगलको झाँडी फडानी गर्ने प्रचलन थियो ।

यसले गर्दा महिनामा २ पटक सबै उपभोक्ताहरुले दुःख पाउदै आएका थिए , यस पुरानो तरिकालाई हटाएर हाम्रो टिमले नयाँ मेशिन किनेर कर्मचारीबाटै जंगलको झाँडी फडानीको काम गर्दै आएका छौ , जुन सम्पुण हज्जारौ उपभोक्ताको पक्षमा कार्य रहेको छ । हामी अहिले उपभोक्तालाई झाडी फाड्न बोलाउदैनौ बरु बृक्षारोपणका बेला बोलाउछौ । आगलागि हुने खतरा अवस्थामा मात्रै हामी उपभाक्तालाई बोलाउछौ । यस क्षेत्रमा काठ चोरी , जंगल अतिक्रमण र चरिचरण ठुलो समस्याका रुपमा रहेको थियो हामीले अतिक्रमका घर टहराहरु हटाएका छौ । सुगुरका खोरहरु , परालका माचहरु , ढुङ्गाहरु ह्टाएका छौ । चोरी तस्करी नियन्त्रणमा आएको छ भने चरिचरण बन्द भएको छ । छाडा चौपाया बनमा छाड्नेलाई हामीले पक्रिएर जरिमाना तिराएका छौ । केहि ठाउँमा सुकुम्बासी रहेकाले समस्या छ त्यस ठाउँलाई पनि नगरपालिकासग समन्वय गरेर अन्यत्र सार्ने योजना छ । हाम्रो तथा छिमेकी जिल्लाबाट काठहरु चोरी गरिएर यस वन समुहको बाटो हुदै अन्यत्र लैजाने गरिन्छ । यसलाई रोक्न सडक वत्ती बाल्ने देखि लिएर उपभोत्ता , वन हेरालुको समेत सहयोगमा यसलाई नियन्त्रणका लागि सफ लबनेका छौ । चोरी तस्करीको कार्यलाई हामीले निरुत्साहित बनाएका छौ । वन भित्रबाटै ढुङ्गा बालुवा निकाल्ने काम हुने गरेको थियो त्यसलाई पनि हामीले पुर्णतय बन्द गरेका छौ । वन क्षेत्र र गाउविचमा पर्ने जंगलमा उपभोक्तालाई मद्धत गर्न तथा वन चोरी तस्करी नियन्त्रणका लागि नगरपालिकासग मिलेर वन क्षेत्रका विभिन्न ३ वटा बाटामा २५ बटा सोलार बत्ती हालेका छौ जसले झण्डै १२ सय उपभोत्तालाई फाइदा पुगेको छ ।

५) सामुदायिक वनको अर्को काम भनेको वन संरक्षण सगै गरीबी न्युनिकरण पनि हो यसका लागि के कस्ता कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?

यसका लागि हामीले गरिब परिवारको पहिचान गरि उनीहरुको जीवनस्तर उकास्न बाख्राका पाठा वितरण गर्ने देखि लिएर वन समुहकै सक्रियतामा कनकाई सुरुङ्गा वचत तथा ऋण सहकारी संस्था हामीले खोलेका छौ । त्यसबाट समेत केहि व्यावसाय गर्न चाहने उपभोक्तालाई विना धितो कम व्याजदरमा ऋण लगानी गरेका छौ । यसमा हरेक वर्ष ५ लाख रुपैँया हामीले यस फण्डमा वनबाट जम्मा गरिदिन्छौ
।गरिब विरामी परिवारलाई समेत बेला मौकामा सकेको सहयोग गरिनै रहेका छौ ।
६) पर्याटकिय क्षेत्रको रुपमा विकसित गर्नका लागि वन र अन्य निकाय स्थानीय सरकारविच कस्तो सम्झौता भएको छ ?

विशेष गरेर कनकाई नगरपालिका र वन समुहविच यस वनलाई साइन्स सिटीका रुपमा विकसित गरेर लैजाने सहमति बनेको छ । यसका लागि कामहरु भइरहेको छ । कनकाई नगरपालिकाका प्रमुख , उपप्रमुख लगायाततका पदाधिकारीहरुको समेत हाम्रो कनकाई नगरपालिकामा भएका सबै सामुदायिक वनहरुलाई एकिकृत विकास गर्दै पर्यापर्यटकिय क्षेत्रमा जोडने योजना पनि रहेको छ ।
७) जिल्लामै प्रथम पनि हुनुभयो यसबर्ष बधाई छ , अव बाकी २ बर्षको कार्यकाल सकेर जार्दै गर्दा कनकाई सामुदायिक वन लाई कुन रुपमा छाडेर जाने योजना बनाउनुभएको छ ?
म यस बन समुहमा आउदा निस्वार्थ भावनाले आएको हो । मैले आफुले पाउने सेवा सुविधापनि गरिबका छोराछोरीको शिक्षामा खर्च गर्ने घोषणा गरेको छु । मैले आजसम्म गरिआएका कामहरुलाई पनि उपभोक्ताहरुले हेरिरहनुभएको छ । यस वनलाई कनकाई नगरपालिकामात्रैको नभएर देशकै नमुना सामुदायिक वनका रुपमा विकसित गरेर लैजाने योजना छ , यसका कामहरु सुरु भइसकेका पनि छ । मैले जे सपना देखेर हिडेको छु , हाम्रो समितिले पनि यहि सपना देखेको छ । कम्तीमा नेपालभरकै पर्यटकहरुलाई यहाँ भित्राउन सकियोस , वन व्यावस्थापनका लागि सिक्न चाहनेहरुका लागि गतिलो पाठशाला बन्न सकोस यस सामुदायिक वन भन्ने हाम्रो लक्ष्य रहेको छ । आर्य आर्जनका लागि काठ दाउराको मात्रै भर पर्नु नपरोस यसका लागि बैल्कपिक आय आर्जनका बाटाहरु समात्न सकियोस भनेर हामीले योजना बनाएका छौ । मैले प्रण पनि लिएको छु यस सामुदायिक वनलाई उज्यालो सामुदायिक वनका रुपमा विकसित गर्न चाहन्छु भनेर । अवको केहि दिनमा हामीले ४ लाख लगानी गरेका छौ नगरपालिकाले १७ लाख रुपैँया लगानी गरेको छ ।

सुरुङ्गा देखि धनुषकोटीसम्मको बाटोमा सड्कबत्ती हाल्दै छौ । यो समेत गरि हामीले वन समुहमा ६८ बटा सोलार बत्ती हाल्दै छौ ।बत्ती हाल्ने कामलाई हरेक वर्ष निरन्तरता दिदै यस वन समुहलाई उज्यालो क्षेत्र बनाएर छाड्ने छु । रातीको समयमा पनि वनमा हिड्डुल गर्न सहज वातावरण बनाउछु । जेसिज र कनकाई नगरपालिकासग मिलेर सडकमा हरियाली बनाउने काम हामीले गरेका छौ यसलाई निरन्तरता दिने छौ । हाम्रो वन बाटो उत्तर र दक्षिणतर्फ गरेर २ भागमा विभाजित छ जसलाई उत्तरतर्फ साइन्स सिटी र दक्षिणतर्फ जडिबुटी खेतीका लागि प्रयोग गरेर आयआर्जन गर्ने छु । धार्मिक वन , चिल्डेन पार्क र जेष्ठ चौतारो बनाउने लक्ष्य रहेको छ , त्यसलाई पुरा गर्ने छु । यस वनलाई मैले छाडेर जादै गर्दा कम्तीमा आहाँ कति रमाइलो बनभ नेर फेरिपनि पर्यटकहरु यस वनमा घुम्न आउन बाध्य बनाउने छु । जुन धार्मिक , मनोरन्जनात्मक , तथा दुर्लभ बृक्ष तथा जडिबुटीको संग्राहलयका रुपमा विकसित गर्ने छु ।

मैले नेतृत्व छाड्दै गर्दा ख्याम ओलीको नेतृत्वले साह्रै राम्रो काम गर्यो भन्ने कुरा सबैको मुखबाट सुन्ने बातावरणको श्रृजन ागर्ने छु । यो मेरो वाचा भयो । सुकेका रुख निकाल्ने र नयाँ रुख रोप्नका लागि प्रदेश सरकार तथा जिल्ला वन कार्यालयमा फाइल अगाडि बढिसकेको छ अव कम्तीमा यस वन समुहमा रहेको सुकेका रुखको समस्या मेरै पालामा हल गर्ने छु । उपभोक्ता काठ नपाउने अनि वनको रुख जंगलमै सड्ने परम्पराको म अन्त्य गर्छु । यस कामका लागि जिल्ला वनका प्रमुख बोधराज सुवेदी , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , प्रदेशसभा सांसद हिराकुमार थापा , संघिय सांसद एलपि साँबा लिम्बु लगायातको सक्रिय साथ र सहयोग रहेको छ । यसका लागि वनका सचिवलाई वन भिजिट पनि गराइसकिएको छ हामीसग वनमा १८ सय वटा सुकेको रुखहरु रहेका छन यसको व्यावस्थापन अव चाडै हुने छ । यस सुकेका रुखलाई हामीले आफ्नै उपभोक्तामा बिक्रि गरेर त्यसबाट आएको आम्दामीले वन क्षेत्रलाई तारजालीले घेरावारा गर्ने छौ । यसलाई पर्यापर्यटनको विकासमा लगाउछौ ।

८) अन्त्यमा भन्नुपर्ने केहि छ कि ?
अन्त्यमा हामी यो जुन अवस्थामा आएका छौ , यसमा सबैको साथ सहयोग रहिआएको छ , हामी वनको छेउ ट्राफिक बाट , कनकाई माइसम्मको क्षेत्रमा मलामीहरुको पिडालाई हेरेर मलामी मार्गको पनि निर्माण गरिरहेका छौ ।

यसमा आदरणीय समाजसेवी तथा व्यावसायी शेरबहादुर थापासग मिलेर कनकाई नगरपालिका र कनकाई सामुदायिक वनको लगानीमा करिव ३ किलोमिटर क्षेत्रलाई मलामी मार्ग बनाइरहेका छौ । र म र यस सामुदायिक वनलाई सहयोग सल्लाह प्रदान गर्नुहुने सम्पुण राजनैतिक पार्टीहरु , र यसको नेतृत्व गण , यस क्षेत्रका सम्पुण संघ संस्थाका प्रतिनिधि , नगरप्रमुख , वडाध्यक्ष र सदस्यहरु , प्रदेशसभा सदस्य माननीय हिराकुमार थापा ज्यु , सांसद एलपि साँबा लिम्बु , आदरणीय राजनैतिक तथा सामाजिक ब्याक्तित्व , देउमान थेबे दाजु , जिल्ला वनका प्रमुख बोधराज सुबेदी , सेक्टर वनका प्रमुख ओम भट्टराई , इलाका वनका प्रमुख शिवराम शाह ज्यु , सामुदायिक वन महासंघ नगरका अध्यक्ष दधिराम पोखरेल , मेरा कार्यसमितिका उपाध्यक्ष सचिव लगायात सम्पुर्ण कार्यसमितिका साथीहरु , सल्लाहकार तथा संस्थापक अध्यक्ष , लगायात सम्पुण तथा पत्रकार नागरिक समाज सबैमा धन्यावाद भन्न चाहन्छु र यस्तै साथ सहयोगको कामना पनि गर्दछु । युवाहरुले पनि केहि गर्न सक्छन भनेर आट र विश्वास दिनुभएको छ यसप्रकारको हौसला निरन्तर पाइरहु भन्नचाहन्छु ।

शब्द तस्बीर ः लीलाराज झापाली /कनकाई

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …