ताजा अपडेट
Home / Main News / कनकाई उद्योग बाणिज्य संघमा कांग्रेस प्यानलै बिजयी

कनकाई उद्योग बाणिज्य संघमा कांग्रेस प्यानलै बिजयी

कनकाई अनलाईन
कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी भएको छ ।
बिहिवार सम्पन्न भएको निर्वाचनको अन्तिम मतगणना शुक्रबार विहान १० बजे सार्वजनिक गरिएको छ । जसमा अध्यक्षमा लोकतान्त्रिक प्यानलका अध्यक्ष त्रिलोचन चिमरिया सहितको सिङ्गो प्यानलै बिजयी बनेको हो ।यस अघि बरिष्ठ उपाध्यक्षमा बाम प्यानलबाट सोमनाथ उप्रेती निर्विरोध हुनुभएको थियो ।

चिमरियाले ७ सय २७ मत ल्याएर बिजयी हुनुभयो । उहाका प्रतिद्धन्द्धी कम्युनिष्ट पार्टीको सहयोगमा उम्मेद्धारी दिनुभएका मिनाल तिम्सिनाले ५ सय ११ मत पाउनुभयो । चिमरियाले तिम्सिनालाई २१६ मतअन्तरले पराजित गर्नुभएको हो । यसैगरि बाणिज्य उपाध्यक्षमा कांगे्रस प्यानलकै अर्जुन बोहोरा (६५३) मतले बिजयी हुदा उहाका प्रतिद्धन्द्धी बाम प्यानलबाट उठेका कृष्ण चुडालले ५५६ मत मात्रै ल्याउनुभयो बोहोराले समेत चुडाललाई ९७ मतअन्तरले हराउनुभयो ।

उद्योग उपाध्यक्षमा पुण्यप्रसाद सिर्टाैला (६५४) मत ल्याएर बिजयी हुनुभयो उहाका प्रतिद्धन्द्धी अनिल गोयलले ५२४ मतमात्रै ल्याउनुभयो । सिटौलाले समेत गोयललाई १ सय ३० मतअन्तरले पराजित गर्नुभयो । यसैगरि महासचिवमा तुलसी बिमली ८१४ मतका साथ बिजयी हुनुभयो उहाका प्रतिद्धन्द्धि खिनमाया खतिवडाले ४१६ मतमात्रै ल्याउनुभयो बिमलीले खतिवडालाई ३९८ मतअन्तरले जित्नुभयो । , बाणिज्य सचिवमा प्रकाश प्रसाई ( ६३१) मत ल्याएर बिजयी हुदा उहाका प्रतिद्धन्द्धी विश्वविजय खरेलले ५६६ मतमात्रै ल्याउनुभयो ।

प्रसाई ६५ मतअन्तरले बिजयी हुनुभयो । यसैगरि उद्योग सचिवमा राजकुमार शाह ( ६३४) मत ल्याएर बिजयी हुदा उहाका प्रतिद्धन्द्धी पदम ओलीले ४२५ मत ल्याउनुभयो । शाहले ओलीलाई ९९ मतले पराजित गर्नुभयो । कोषाध्यक्षमा भरत अधिकारी (६९४) मत ल्याएर बिजयी हुदा उहाका प्रतिद्धन्द्धी अनिता मैनालीले ४२५ मत ल्याउनुभयो । अधिकारीले मैनालीलाई १६९ मतले पराजित गर्नुभयो । यसैगरि सदस्यहरुमा माधव पोखरेल (६३०) , दिपक खतिवडा (६२०)  सन्तोस प्रसाई (७०९) , भरतकुमार सापकोटा (६०८) , झलक सिटौला (६९२) , संन्जय गजुरेल (६५२) , ल्याएर बिजयी हुनुभयो । यसैगरि महिला सदस्यहरुमा तारामाया राई ( ६०७) , भुमा गौतम ६३०) र शान्ता अधिकारी (७०५) ल्याएर निर्वाचित हुनुभएको छ ।

यसैगरि पराजित हुने महिला सदस्य हरुमा निर्मला राई ( ५६५) चित्राकुमारी श्रेष्ठ ( ४८५) लक्ष्मी बस्नेत (४९९) मत ल्याएर पराजित हुनुभयो । यसैगरि सदस्यहरुमा श्रीप्रसाद खरेल ( ५८०) गोविन्द सुवेदी ( ५१९) उत्सव बास्तोला ( ४९३ ) टंक भट्टराई ( ४७५) सुबास डागी ( ४९५) र नवराज सुवेदी ( ४८७ ) मत ल्याएर पराजित बने । कुल १३ सय ७५ मतदातामध्ये १२ सय ६१ मत खसेको निर्वाचन अधिकृत प्रकाश चुडालले बताउनुभयो । निर्वाचनमा कांगेस , राप्रपा , संघिय समाजवादी फोरम र विवेकशील साझा पार्टीविच गठबन्दन भएर निर्वाचनमा उत्रिएका थिए भने अर्को प्यानलबाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्धारहरु एक्लै उम्मेद्धारी दिएर निर्वाचनमा उत्रिएका थिए । निर्वाचनको मत परिणामपछि बिजयी उम्मेद्धारले र्यालीसहित बिजय उत्सव मनाएका छन । यसैविचमा अध्यक्षमा निर्वाचित त्रिलोचन चिमरियाले पराजित मत र मनहरुलाई समेत समेटेर अगाडि बढ्ने बताए ।

तस्बीर ः विजयीपछि सामुहिक तस्बीर खिचाउदै विजयी उम्मेद्धारहरु लीलाराज झापाली

Facebook Comments

Check Also

कनकाई उवासंघको पदस्थापना

कनकाई अनलाईन सुरुङ्गा । माघ ३ गते । गत पुस १२ गतेको निर्वाचनमा बिजयी हुने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *