बिर्तामोड । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका-१ जुके कल्भर्टमा शुक्रबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१ निवासी ३२ वर्षीय विनोद प्रसाईं छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको को. १ ख ४१४५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को. २८ प ६७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसाईं गम्भीर घाइते भएका थिए ।
बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी केशव थेवेले जानकारी दिए ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान