ताजा अपडेट
Home / Main News / कनकाई लिटिल आइकनको उपाधि पशुपति मावि सुरुङ्गाकी गरिमा चुडाल र बाल्मिकी एजुकेशन विर्तामोडका सुलभ प्रसाइलाई

कनकाई लिटिल आइकनको उपाधि पशुपति मावि सुरुङ्गाकी गरिमा चुडाल र बाल्मिकी एजुकेशन विर्तामोडका सुलभ प्रसाइलाई

कनकाई अनलाईन
झापाको सुरुङ्गामा संचालित बालवालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो कनकाई लिटिल आइकन २०१८ को विजेता पशुपति माविकी गरिमा चुडाल र वाल्मिकि एजुकेशन फाउण्डेशनका सुलभ प्रसाईले जितेका छन ।
शनिवार सुरुङ्गास्थित प्यारागन एकाडेमीमा भएको ग्राण्ड फिनालेमा सहभागि २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले यसबर्षदेखि संचालित कनकाई लिटिल आइकनको ताज जित्न सफल बनेका हुन । पशुपति अमावि सुरुङ्गामा कक्षा ७ मा अध्यानरच चुडालले निर्णायक संचारकर्मी प्रणित पुडासैनीले सोधेको तपाई कसरी सबैको नजरमा सुन्दर हुनुहुन्छ वा तपाइलाई कुन कुराले सुन्दर बनाउछ भन्ने प्रश्नमा मानिसले अनुहार , हाइट र वाहिरी आवरणले मात्रै सुन्दर नहुने बरु त्यसका लागि पोजेटिभ माइन्ड , सहयोगी र शिक्षित र समन्वयकारी भुमिकामा मानिस रहन सक्नुपर्ने जवाफ दिएकी थिइन ।

यता लिटिल पिन्स बनेका बाल्मिकी एजुकेशनमा कक्षा ६ मा अध्यानरत् सुलभ प्रसाइलाइ अर्की निर्णायक चर्चित मोडल सुप्रिया कड्रियाले तपाइलाई कनकाई आइकनले के दियो भन्ने प्रश्नको उत्तरमा कुनैपनि कुराका लागि आत्मविश्वास महत्वपुर्ण हुने र सो अवशर लिटिल आइकनले दिएको , स्टेज प्रस्तुती लगायातका धेरै विधामा मलाई यस कार्यक्रमले सिक्ने अवशर दिएको भन्ने उत्तर दिएका थिए । उनीहरु विजेता दुबैले नगद जिन्सि र निशुल्क शिक्षाको अवशर समेत पाएका छन ।
यसैगरि छात्राहरुतर्फ फस्ट रनरअफ जस्मिन संग्रौला र सेकेन्ड रनरअफ प्रतिक्षा श्रेष्ठ हुन सफल बनेका छन । यता छात्र तर्फ फस्ट रनरअफ कुनाल उप्रेती र सेकेन्ड रनरअफ रितेश तिवारी हुन सफल बनेका छन ।
उनीहरुले समेत यस उपाधि सगै थुप्रै पुरस्कार र अवशर पाएका छन ।
प्रतियोगितामा यी विधा बाहेका अन्य थुप्रै विधामा सहभागिले उपाधि जितेका छन । प्रतिक्षा श्रेष्ठले मिस क्याटवाक र मिस पर्सानालिटी , सध्या खतिवडाले मिस फोटोजेनिक र मिस क्रिएटिभ , गरिमा चुडालले मिस कन्फिडेन्ट , मेरिका राइले मिस क्याटवाक र क्युट , जेशिका फुयालले मिस ओभिडेन्स , खुसि सिंहले मिस च्यामिङ्ग , आयुशा दाहालले मिस फेण्डली , एन्जिला गजमेरले बेस्ट स्कीन , दिक्षा श्रेष्ठले बेस्ट एक्ट्रिभ , स्नेहा मिश्रले स्वीट् भ्वाइस , सोनिया सेन्चुरीले बेस्ट इन्टुलेक्चुअल , जस्मिन संग्रौलाले बेस्ट फेशन आइकन , रितिका उप्रेतीले मिस टेलेन्टको उपाधि पाएका छन । यसैगरि सुलभ प्रसाइले मिस्टर क्याटवाक र पर्सनालिटि , कुनाल उप्रेतीले मिस्टर कन्फिडेन्ट , सुशान घतानीले बेस्ट टेलेन्ट , आदित्य चिमरियाले बेस्ट हेनसम र मोडल आइकन निरज राइले मिस्टर क्युट र फोटोजेनिक लगायातका उपाधि पाएका छन । उनीहरुलाई कनकाई लिटल आइकनका कोरियोग्राफर निलम गुरुङ्ग र निरज राइले उपाधि लगाइदिएका थिए । शनिवार साँझबाट सुरु भएको साङ्गितिक प्रस्तुती सहितको सो रियालिटि शो राती १२ बजेमात्रै सकिएको थियो । यस विचमा थुप्रै राष्ट्रिय र स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

कार्यक्रममा यस क्षेत्रमा कलाकारिताको माध्यमबाट विश्वभर आफ्नो स्थानको प्रचार गरेको र कलाकारितामा महत्वपुर्ण भुमिका खेलेको भन्दै कलाकारद्धय माधव भेट्वाल र अमन गुप्ता तथा कलाकारकी अविभावक सरस्वती रम्तेलकी मातालाई सम्मानित गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपाकिलाका प्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको थियो । उहाँले यस्ता प्रतियोगिताले वालवालिकाको मात्रै नभएर समग्र नगरपालिकाकै बृद्धिविकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । यस्ता वालप्रतिभाहरुको कार्यक्रमलाई निरन्तरता दिन समेत नगरप्रमुख पोखरेलले सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा प्यारागन एकाडेमीकी अध्यक्ष चम्पा सुबेदीले प्रतियोगिताबाट वालवालिकाको प्रतिभाले बाहिर आउन मद्धत पुगेको बताउनुभयो ।

कार्यक्रममा कनकाई नगरपालिका ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण चुडाल ,बजार व्यावस्थापन समितिका अध्यक्ष देवि खरेल , सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुदिप भण्डारी , मार्गदर्शन नेपालका दिपक भट्टराई , रेडक्रसका अध्यक्ष प्रविन तिम्सिना , वाल संजाल कनकाईकी अध्यक्ष सारिका गिरी , कनककाई नगरपालिकाकी सदस्य सुनिता खरेल , सावित्रा बर्देवा , युवराज चम्लगाई , सुस्मा परियार , कृष्णमाया भुजेल , छवि थपलिया , नवलकिशोर दत्त , कनकाई माविका प्राचार्य निर्मल खतिवडा , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख एसके चौधरी लगायातको आतिथ्यता रहेको थियो ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …