कनकाई अनलाईन
मार्गदर्शन नेपालको अध्यक्षमा पुन दुर्गा प्रसाई सर्बसम्मत अध्यक्ष हुनुभएको छ ।
संस्थाको हालै सम्पन्न साधरणसभाबाट प्रसाईको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा रुद्र गौतम , सचिवमा दिपक भट्टराई , सहसचिवमा टिकामाया उप्रती कोषाध्यक्षमा बिमला पाण्डे यसैगरि सदस्यहरुमा केवल उप्रती , प्रतिक लामिछाने , नेत्र ढुङ्गेल , होमादेवि श्रेष्ठ , उषा ढकाल र सुभद्रा चुडाल रहनुभएको छ । कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कलाकार हिम्मत नेम्बाङ्ग र समाजसेवी सचिन लामालाई सम्मान समेत गरिएको थियो । सम्मानित दुबैलाई कनकाई नगरपाकिलाका प्रमुख राजेन्द्रकुमार पोखरेल , वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , वार्डसदस्य युवराज चम्लगाई , कृष्णकुमारी भुजेल , कनकाई उद्योग बाणिज्य संघका महासचिव तुलसी बिमली , रेडक्रस सोसाइटी सुरुङ्गाका अध्यक्ष प्रविन तिम्सिना , कोटीहोम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद पोखरेल लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान