ताजा अपडेट
Home / मुख्य खबर / झापामा कांग्रेस कार्यकर्ताबाट भोट खरिद प्रयास

झापामा कांग्रेस कार्यकर्ताबाट भोट खरिद प्रयास

 
कनकाई अनलाईन
स्थानीय तहको निर्वाचनको लागि नेपाली कांगे्रसले मत किन्ने प्रयास गरेको छ ।

झापाको कचनकवल गाउपालिकाको वडा नं ३ मा बुधवार राति कांगे्रसका उम्मेद्वारहरुले पैसा दिएर मत किन्ने प्रयास गरेका हुन्।

वडा नं ३ का वडाध्यक्षका उम्मेद्वार पुष्पलाल राजबंशी र स्थानीय शिक्षक भूमिलाल राजबंशीले मतदाता खिराचन माझी र हिना माझीलाई ५ सयका दरले रकम दिएर मत किन्न खोजेका थिए ।

उनीहरुले होहल्ला गरेपछि राजबंशीद्वय पैसा छोडेर भागेको जनाईएको छ । पार्टीको पर्चाभित्र ५ सयका दुईवटा नोट दिदा आफूहरुले लिन ठाडै अस्वीकार गरेपछि उनीहरु भागेको माझीले बताए ।घटनापछि आईपुगेको प्रहरीलाई मुचुल्का तयार गर्न अस्वीकार गरेको उनले गुनासो गरे ।

झापाको ३ नम्बर क्षेत्रमा कांग्रेसले विगतको निर्वाचनमा पनि मत किन्न धेरै रकम खर्च गरेको बताईएको थियो । प्रमाण सहित

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …