ताजा अपडेट
Home / Uncategorized / झापामा तात्दै बाम राप्रपाका उम्मेद्धार

झापामा तात्दै बाम राप्रपाका उम्मेद्धार

बिर्तामोड डेक्स समाचार
बिर्तामोड ११ मंसिर । वामगठवन्धनले झापामा चुनावी प्रचारप्रसार अभियानलाई सोमबार पनि निरन्तरता दिएका छन् । वामगठवन्धनका उम्मेद्वारले आ–आफ्ना क्षेत्र, नगरपािलका, वडा, टोल र गाउँ–गाउँमा चुनावीसभा, घरदैलो, मतदाता भेटघाट कार्यक्रम गरेका छन् ।

झापा क्षेत्र नं. २ को १
झापा क्षेत्र नं. २ को १ स्थित बिर्तामोड नगरपालिका वडा नं. ३ को सृजनाटोल, वुद्धटोल, बिर्ताबजार, गोसलाइन र सैनिकमोडमा चुनावीसभा र घरदैलो कार्यक्रम भएको छ ।

अभियानलाई जनप्रतिनिधि सुरेन राजवंशी बिर्तामोड नगरपालिका प्रमुख ध्रुब शिवाकोटी उप प्रमुख पबित्रा महतरा प्रसाईं राप्रपाकी रन्जु बराल लगायतले नगरको बिकास र समृद्धि को लागि बाम गठबन्धनको औचित्य माथी प्रकाश पारेका थिए ।
अभियानलाई सम्बोधन गर्दै प्रतिनिधिसभाकी उम्मेद्बार पबित्रा निरौला खरेलले जन जमिन जनशक्ति भएर पनि प्रयोग गर्न सरकार उत्साहित नभएकोमा दुःख लागेको बताइन् ।

यस्तै प्रदेशसभाका उम्मेद्बार एकराज कार्कीले पार्टी र ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर काम गर्ने बताएका छन् । वडा नम्बर ३ का सुकुम्बासी जनताले पाएको दुःख आफुले हेरिरहेको हुँदा भोलि सबैको समस्यालाई सम्बोधन गर्ने दृढता ब्यक्त गरे । कार्यक्रममा उम्मेद्बार कार्कीले आफ्नै पालामा यहाँका जनताको स्थाइत्व र समृद्धिको लहर शिर्जना गर्ने प्रतिबद्धता ब्यक्त गरे । बिर्तामोड वडा नम्बर ६ बुट्टाबारीमा राप्रपाकी रन्जु बरालले पार्टीका लागि होइन यो देशको लागि गठबन्धन गरिएकोले कसैले पनि इमान्दारिता नछाड्न आग्रह गरिन् । साथै नेपाली कांग्रेसका प्रदेशसभा २ का लक्ष्मण खड्कासहित कार्यकर्ताले बिर्तामोड– ४ मा शुभकामना समेत दिएका छन् ।
झापा क्षेत्र नं. २ को २
झापा क्षेत्र नं. २ को २ स्थित अर्जुनधारा नगरपालिका वडा नं. ६, ७, ९ र १० का विभिन्न गाउँ र टोलमा चुनावीसभा र घरदैलो कार्यक्रम भएको छ । वडा नं. ७ मा प्रतिनिधिसभाकी उम्मेद्वार पवित्रा निरौला खरेल र प्रदेशसभाका उम्मेद्वार विर्ख प्रधानको टोलीले अभियान सञ्चालन गरेको थियो । अन्य वडाहरुमा उम्मेद्वार प्रधानको नेतृत्वको टोलीले घरदैलो र चुनावीसभा गरेको हो । कार्यक्रममा समनुपातिक उम्मेद्वार रोशन कन्दङ्वा, वडा नं. १० का वडाअध्यक्ष वलदेव गोम्देनसहित वामगठवन्धनका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
झापा क्षेत्र नं. ३
झापा क्षेत्र नं. ३ को राजगढ र घेरावारीमा प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र लिङ्देन, प्रदेशसभाका उम्मेद्वार पूर्णसिंह राजवंशी र वसन्त वानियासहितको टोलीले चुनावीसभा, घरदैलो र मतदाता भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा मतदाताहरुले आ–आफ्नो क्षेत्रको समस्याको वारेमा उम्मेद्वारलाई बताएका थिए । उम्मेद्वारले त्यस समस्यालाई आफुले निर्वाचन जिते समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय वामगठवन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …