ताजा अपडेट
Home / Main News / आयोजक झापा गापा र गौरादह फाइनलमा

आयोजक झापा गापा र गौरादह फाइनलमा

कनकाई अनलाईन
झापा गाउँपालिका शरणामतीमा आयोजित प्रदेश नम्बर १ स्तरीय राष्ट्रिय भलिवल प्रतियोगितामा उपाधिका लागि आयोजक झापाँपालिका र गौरादह उपाधिका लागि आमने सामने हुने भएका छन ।
हिजो भएको सेमि फाइनल खेलमा झापा गाउँपालिकाले पाख्रिबास नगरपालिका र गौरादह नगरपालिकाले ताप्लेजुङ्गको सिदिङ्गबा गाउँपालिकालाई हराउदै आज हुने फाइनलको उपाधि रक्षाका लागि तयार बनेको हो । झापा गाउँपालिकाले ३–१ को सेटमा पाख्रिबासको चुनौती पन्साएको हो । पहिलो सेट पाख्रिवासले २४/२६ ले बाजी मारेपनि त्यसपछि झापा गाउँपालिकाले क्रमश ३ सेट १९/२५ , २२/२५ र १९/२५ ले जितेको थियो । यसैगरि गौरादहले उपाधि जित्ने होडमा रहेको सिदिङ्गबा गाउँपालिकालाई सोझो सेटमा हराएको छ । गौरादहले २४/२६ , २०/२५ र २३/२५ ले सिदिङ्गबा गाउपालिकालाई हराएको थियो । अहिले तेस्रो स्थानका लागि सिदिङ्गबा र पाख्रिवास नगरपालिकाविच खेल हुन लागेको छ भने पहिलो र दोस्रो स्थानका लागि आज दिउसो ११ बजे उपाधि भिडन्त हुने भएको छ । दुबै सेमिफाइनल खेलमा म्यान अफ द म्याच पहिलो खेलमा गौरादहका सुजन कटुवाल र दोस्रो खेलमा पाख्रिबासका शुसान तिम्सिना भएको आयोजक समितिका अध्यक्ष दिपक राईले बताए । दोस्रो दिनको सेमिफाइनल खेलको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जिवन श्रेष्ठ रहनुभएको थियो ।
प्रतियोगितामा प्रथम , दोस्रो , तेस्रो र चौथो हुने टिमले क्रमश नगद ६१ ह्जार , ४१ ह्जार १५ हजार र १० हजार मेडल र ट्रफि पाउनेछन । झापाका भलिवल खेलाडीहरुको सो प्रतियोगिता जिल्लास्तरीय छनौट खेल समेत भएको आयोजक झापा जिल्ला युवा भलिवल परिवारका खेल संयोजक गजेन्द्र ताम्लीले बताए । भलिवल प्रतियोगिताका लागि झापा गाउँपालिकाले मुख्य प्रायोजन गरेको र कनकाई नगरपालिका , कनकाई उद्योग बाणिज्य सघ , रानी सामुदायिक वन , कनकाई केवल नेटवर्क लगायातले आर्थिक तथा जिन्सि सहयोग गरेको खेल संयोजक गजेन्द्र ताम्लीले बताए ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …